• शनिबार भएको समूह सीको पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियामाथि २-१ को जित हात पारेको हो ।

    फ्रान्सलाई रुस विश्वकपको उपाधि दावेदार र युवा खेलाडीहरुले भरिएको सन्तुलित टिम मानिएको थियो । तर, पहिलो खेलको प्रदर्शन भने त्यस्तो रहेन ।

    खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । दोस्रो हाफमा अष्ट्रेलियाली खेलाडीले फ्रान्सका फवार्ड एन्टोनी गि्रजम्यानलाई फल गर्दा रेफ्रीले पेनाल्टी दिएका थिएनन् । तर, भिडियो एसिस्टेन्ट रेफ्री -भीएआर) रिभ्यूले फ्रान्सलाई पेनाल्टी दिलायो । विश्वकपमा पहिलो पटक भीएआर प्रयोग गरिएको हो ।

    फ्रान्सको अग्रता धेरैबेर टिक्न सकेनन् । उम्टिटीले हाण्ड गरेपछि पाएको पेनाल्टीमा जेडिकनले बराबरी गोल गरे । बराबरीपछि फ्रान्स निकै दबावमा आएको थियो ।

    तर, ८० औं मिनेटमा पल पोग्बाले गोल गरे । उनको प्रहार बारमा लागेर गोलमा परीणत भएको थियो । यसमा पनि रेफ्रीले सुरुमा गोल दिएका थिएनन् तर, गोललाइन प्रविधिबाट गोल देखिएपछि पोग्बाको गोललाई मान्यता दिइयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…