• बुटवल असार २ । नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालले उत्तरदायित्व वहन गरी युवाहरु परिवार, समाज हुदै राज्य निमार्णमा लाग्न अनुरोध गर्नु भएको छ ।
    भलवारी जेसीजले शनिवार नयाँ मिलमा आयोजना गरेको शेयर बजार सम्वन्धी तालिमको उद्घाटन गर्दै वर्ष २०१८ का राष्ट्रिय अध्यक्ष बस्यालले अबको समयमा युवाहरु उद्यमशीलतातर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभयो ।
    डेव्लप्मेट बैंकर यसोसियशन नेपालका उपाध्यक्ष तथा साइन रेसुङ्गा डेव्लप्मेन्ट बैकका सि इ ओ प्रकास पौडेलले नेपाल रेमिटान्सले चलेको उल्लेख गर्दै आयातमा राज्यले लगाउने करबाट देश चालेको बताउनुभयो । उहाले केही दिन मात्र पनि आयात रोकिएमा देशको अर्थतन्त्र तहसनहस हुने बताउनुभयो । देशमा उद्यमशीलतामा ठूलो परिवर्तन गरी आयात प्रतिष्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
    तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणानिधी भन्डारीले यस क्षेत्रमा आयोजना गरिएको शेयर बजार जस्तो तालिमले औपचरिक शिक्षा पुरा गरेपनि व्यवहाकि रुपमा काम नर्ग नसकेको बेला व्यवहारिक ज्ञान दिएको बताउनुभयो ।
    तालिमका प्रमुख प्रशिक्षक आर्थिक अभियान राष्टिय दैनिकका आर्थिक विष्लेषक सन्तोष राज बजगाईले अवको डिजिटलको जवानामा शेयर बजार प्रमुख बजारका रुपमा विकास हुर्दै गएको बताउनुभयो । उहाले शेयरबजार सुरक्षित रहेको भन्दै लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । सरकारले शेयरबजारका सम्वन्धमा उचित कदम चाल्नु पर्ने भन्दै बजारलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा संस्थापक अध्यक्ष कृष्ण कुमार पुरी, निवर्तमान अध्यक्ष मुत्तिनाथ गैह्रे, पूर्वअध्यक्ष मनोज आचार्य, सुरज पंगेनी, रमेश कुमार पराजुली, प्रकास पोख्रेल, तिलोत्तमा जेसिजका अध्यक्ष इश्वर पान्डे, रामनगर जेसिसका अध्यक्ष भोजराज चापागाईलगायतले बोल्नु भएको थियो ।
    भलवारी जेसीजका वर्ष २०१८ का अध्यक्ष गोविन्द पंगेनीले यस क्षेत्रमा यस प्रकारका तालिम हुन नसकेको अवस्थामा केन्द्रबाट प्रशिक्षक बोलाइ कार्यक्रम गरेको बताउनु भयो । अध्यक्ष पंगेनीले शाखाले लिएको उद्यमशीलताको नारालाई थप सर्थक बनाउन सघाउ पुग्नेमा बिश्वास व्यत्त गर्नुभयो ।
    भलवारी जेसीजका अध्यक्ष गोविन्द पंगेनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक माधवप्रसाद पाण्डेले स्वागत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव रामप्रसाद भण्डारीको गर्नु भएको थियो । तालिममा ६२ जना प्रशिक्षर्थीको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…