• देबु बानियाँ झापा ।

    पूर्वी पहाडी जिल्ला पाँचथरमा जन्मिएकी रिता लिम्बू गरिब परिवारकी छोरी हुन् । परिवार गरिब भए पनि आफुँ पढेर केही गर्ने लक्ष्य थियो रिताको । तर ति उनका सपना पुरा गर्न आफ्नै बाबु बाधक बन्छन् । पढ्न नपाएपछि उनी ब्रामह्ण समुदायका छिमेकीसँग बिहे गर्छिन् । यता उनका बुबाले उनलाई सधैँका लागि ढोका बन्द गर्छन् । बिहेपछि उनको जीवनले अर्कै मोड लिन्छ । एकातिर माइतीको ढोका बन्द हुन्छ भने अर्काेतिर श्रीमानले दैनिक रक्सि खाएर उनलाई दुःख दिन्छन् । तर पनि उनले हरेक दुःखलाई सामना गर्दै आएपनि अन्त्यमा श्रीमानले कान्छी ल्याएपछि उनी घर छोडेर हिड्छिन् । एउटी छोरीका लागि उनले हरेक संघर्ष गर्नु परेको छ । म कहिले नफुल्ने र कहिले नफल्ने उन्यू भए पनि मेरी छोरीलाई उन्यू हुन दिन्न भनेपछि कथाको अन्त्य हुन्छ ।
    परिवर्तन थिएटरको प्रस्तुती नाटक ‘उन्यू’ को कथा वस्तु हो यो । शनिवार काँकरभिट्टा स्थित थिएटरको नाटक घरमा प्रर्दशन भएको ‘उन्यू’ नाटक पूर्व पहाडी जिल्ला पाँचथरमा जन्मिएकी चेलीको कथा वस्तुमा आधारित छ ।
    नाटककी मुख्य पात्र रिता लिम्बू (सम्झना लिम्बू) ले समाजको जातिय प्रथा, बहुविवाह प्रथा, छोरा मान्छेको महिला माथि हुने गरेको दुव्र्यवहार र आफ्नो सन्ताले छोरीका लागि गर्नु परेको कथालाई उजागर गर्न खोजेकी छिन् । एउटा असल साथीले कत्तिको साथ दिन्छ भन्ने उनको बालसखा साथी लक्षे ( पुजा आचार्य) ले देखाएकी छिन् । अझ यस नाटकको मुख्य आकर्षणका रुपमा बालकलाकार शशिका लिम्बू छिन् । ६ वर्षकी शशिकाले यति सानै उमेरमा नाटकको क्षेत्रमा देखाएको अभिनयले उनको भविष्यको निर्धारण गरेको छ ।

    समग्रमा नाटक सामाजिक कुसंस्कारका विरुद्धमा आधारित छ । यहाँ अभिनित हरेक कलाकारको आ आफ्नै भूमिका र उत्कृष्ट अभिनय रहेको छ । नेपाली समाजको यथार्थ कथावस्तुलाई देखाउन खोजिएको यो नाटकले बोकेको विषयवस्तु समाजपरक रहेको छ ।
    विमला चिमरियाद्धारा लिखित नाटकको निर्देशन सम्झना सुब्बाले गरेकी छिन् । कलाकारहरुमा कविता नेपाल लिला बिष्ट, गणेश बस्नेत, लोमस पौडेल, अभिशेक गड्तौला, एञ्जल खड्का, प्रतिक्षा आचार्य, दिनेश राजवंशी, दिवस लामिछाने, भूमिका सुब्बा, स्वस्तिका लिम्बू र बालकलाकारमा शशिका गहतराज रहेका छन् । निर्देशन सहयोगीका रुपमा गणेश बस्नेत रहेका छन् । नाटक हरेक दिन दिउँसो २ बजेदेखि ५ बजेसम्म असार ५ गतेसम्म प्रर्दशन हुने थिएटरकी अध्यक्ष कविता नेपालले बताइन् । थिएटरको नाटक घर सञ्चालन भएपछिको यो तेस्रो नाटक हो । यस भन्दा अघि राजाको नयाँ लुगा र सुनामी प्रर्दशन भएको थियो । एक पटक हेर्ने पर्ने नाटक उन्यूले मेचीनगरका लागि एउटा नयाँ आयम थप्ने कुरामा दुईमत छैन ।
























सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…