• झापा । नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष रश्मि निरौलाले आफ्नो एसआइन शाखाको भ्रमण शनिवारबाट सुरु गर्नु भएको छ ।
    आफ्नो क्षेत्रमा रहेका १२ वटा शाखा मध्ये झापाको बाहुनडाँगी जेसीजबाट सुरु गरेको भ्रमणमा शनिवार एकैदिन ५ वटा शाखाको भ्रमण गर्नु भएको हो ।
    पूर्वी सिमानामा रहेको शाखा बाहुनडाँगी जेसीज, मेचीनगर जेसीज, अर्जुनधारा जेसीज, सताक्षी जेसीज र गौरादह जेसीजको भ्रमण गर्नु भएको थियो ।
    शाखा भ्रमणपछि राष्ट्रिय उपाध्यक्ष निरौलाले झापाका सबै शाखा सक्रिय रुपमा आफ्नो शाखामा काम गरिरहेको बताउनु भएको छ । शाखा भ्रमणको क्रममा निरौलाले नेपाल जेसीजले हालसम्म गरेका काम र आगामी योजना तथा शाखाले गर्नु पर्ने कामका बारेमा जानकारी गराउनु भएको थियो । साथै उहाँले यस पटक नेपाल जेसीजले शाखामा रहेका जेसीज मित्रहरुलाई सवल र सक्षम बनाउन जुन सुकै तालिम उपलब्ध तयार रहेको बताउनु भयो ।
    बाहुनडाँगी जेसीजमा आयोजित कार्यक्रममा उहाँले आफ्नो शाखा भ्रमण पूर्वी नेपालको शाखाबाट सुरु गरेको बताउँदै पछिल्लो समय नेपाल जेसीजमा आमुल परिवर्तन आएका बताउनु भएको थियो ।
    शाखा अध्यक्ष जीवन मोतेको सभापतित्वमा सम्पन्न स्वागत तथा सम्मान कार्यक्रममा संस्थापक अध्यक्ष नविन बराल, पूर्व अध्यक्ष सन्तोष सुवेदी, कोषाध्यक्ष प्रविण भण्डारी, तालिम संयोजक देबु बानियाँलगायतले आ आफ्नो विचार राखेका थिए । उपाध्यक्ष कौषल उप्रेतीले आस्था वाचन गरेको कार्यक्रममा स्वागत कार्यकारी उपाध्यक्ष राजेश थापा र सञ्चालन बेग सुनुवारले गरेका थिए ।
    यसैगरी, मेचीनगर लेडी जेसीजले पनि राष्ट्रिय उपाध्यक्ष निरौलालाई स्वागत तथा सम्मान गरेको छ ।
    रोयल निर्मान होटल धुलावारीमा आयोजित कार्यक्रममा वर्ष २०१८ कि अध्यक्ष सुनिता पनेरु, पूर्व अध्यक्ष टिका सुवेदीलगायतले शाखाले गरेका कामका बारेमा उपाध्यक्षलाई जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन महासचिव तुलसा दंगालले गर्नु भएको थियो ।
    यसैगरी, अर्जुनधारा जेसीजका अध्यक्ष अजय देव, सताक्षी जेसीजका अध्यक्ष महेन्द्र भट्टराई र गौरादह जेसीजका अध्यक्ष चन्द्र घिमिरे (राजु) को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । भ्रमण गरेका सबै शाखाले राष्ट्रिय उपाध्यक्ष निरौलालाई मायाको चिनो प्रदान गरेका थिए । बाँकी रहेका शाखाहरुको केही दिनभित्रमा भ्रमण गर्ने उपाध्यक्ष निरौलाले बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…