• -अनिल घिसिङ

    बेलबारी/ कला सृजना क्षेत्रमा योगदान पुर्याउने यहाँका तीनजना स्रष्टा सम्मानित भएका छन्। मोरङको बेलबारीमा कोशी नेपाल मिडिया प्रालिद्वारा शुक्रबार आयोजित विशेष कार्यक्रममा बि.सं.२०३२ सालदेखी कथा लेखनमा सकृय बद्री अधिकारी, मूर्तिकलाका लागि लोकपृय बिक्रम श्री र मूर्तिकलामै सकृय धनु याक्खा सम्मानित भएका हुन्।
    नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ समिति सदस्य श्रवण मुकारुङको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा नेपाल, भारत र भुटानका गरि १६ जना कविहरुले ३२ वटा कविता वाचन गरेका थिए। युट्युब च्यानल कोशी नेपाल टिभीमा प्रशारण हुने शृङ्खला साहित्य दीपको उक्त विशेष कार्यक्रम स्रष्टा सम्मान तथा स्रष्टा र सिर्जनामा भारत दार्जिलिङका सुजनहाङ सुब्बा, कालिम्पोङका टीका भाई, पुकार पारदर्शी र भुटानका याम थुलुङले आ-आफ्ना रचना वाचन गरेका थिए।
    कार्यक्रममा यस बाहेक नेपालका कविहरु श्रवण मुकारुङ, मनु मन्जिल, कुन्ता शर्मा, बिमल वैध, रेखा सुवेदी, तिला लेकाली, तारा पराजुली, हेमन यात्री, जसराज किराँती, बद्री भिखारी, अनिल पौडेल, गौरी तमु, बिमला तुम्खेवा लगायतले कविता प्रस्तुत गरेका थिए।
    बेलबारी नगरपालिकाको सहयोगमा आदिबासी जनजाती सभा हलमा सम्पन्न सो कार्यक्रममा भारतका कविहरु टीका भाईले जिब्रो शिर्षकमा, पुकार पारदर्शीले हलगोरू शिर्षकमा राज्यको दमन र उत्पिडन बिरुद्ध सशक्त कविता वाचन गरिरहँदा स्तब्ध बनेको कार्यक्रम हल मनु मन्जिल, बिमल वैध लगायतका प्रेमिल कविताहरुले आल्हादित भएको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…