• रातोकलम/ जारि विश्वकप फुटबल प्रतियोगिताको समुह 'सी' अन्तरगत पेरु र डेनमार्क बिचको संघर्षपूर्ण खेलमा डेनमार्कले १-० को स्पष्ट जीत निकालेको छ।

    खेलको ५९औं मिनेटमा डेनमार्कका युशुफ पलसेनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए। सोही गोल नै खेलको निर्णायक गोल बनेको थियो।

    पेरुले ४५औं मिनेटमा पाएको पेनाल्टी क्रिष्टियन कुएवाले बाहिर प्रहार गर्दा उसले खेलमा अग्रता लिने मौका गुमाएको थियो। पेरुले धेरै राम्रा आक्रमणहरु गरेपनि गोलमा परिणत गर्न चुकेपछि हार ब्योहोर्नु पर्‍यो।

    डेनमार्कले विश्वकप फुटबलमा आफ्ना दक्षिण अमेरिकी प्रतिद्वन्दीहरु बिरुद्धको ४ खेल मध्ये तीन खेलमा बिजयी हासिल गरिसकेको छ । डेनमार्कले सन् १९९८को विश्वकप फुटबलमा ब्राजिलसंग क्वाटर फाईनलमा पराजीत भएको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…