• काठमाडौं ३ असार । गए राती भएको अर्जेन्टिना र आइल्यान्डको खेल १—१ बराबरीमा समाप्त भएको थियो । उक्त खेलमा अर्जेन्टिनाका स्टार लिओनल मेस्सीले पेनाल्टी अवसर पाए पनि गोलमा परिणत गर्न नसक्दा आइसल्यान्डसँग बराबरीमा खेल टुङगिएको हो ।

    मेस्सीले आइसल्याण्डले खेल्ने भन्दा रोक्न रणनीति लिएकाले अर्जेन्टिनाले विजयी गर्न नसको बताए । आइसल्याण्डले रोक्ने रणनीति लिएकोले अर्जेन्टनालाई गोल गर्न कठिन भएको बताएका छन् । उनले भने, उनीहरूले थोरै मात्र खेलेको भए हामीले अलि धेरै अवसर श्रृजना गर्न सक्थ्यौँ ।’

    मेस्सीले पेनाल्टी चुकाएको दुःख लागेको बताएको छ । उनले भने, पेनाल्टी अर्जेन्टिनाको लागि मौका थियो । तर, मिस गर्दा पीडा भयो ।’ खेलमा विजयी सुरुवात हुनु महत्त्वपूर्ण भएको बताएका छन् । अब क्रोएसियासँगको खेलमा केन्द्रित हुने बताएका छन् ।

    खेल अवधिभर अजेन्टिनाले १६ पटक आइसल्याण्डको गोल पोस्टमा प्रहार गरेको थियो । जसमा ११ प्रहार मेसीले मात्र गरेका थिए । मेस्सीले प्रहार गरेको कुनै पनि बल गोलमा परिणत हुन सकेन । आइल्याण्विरुद्ध मेस्सीले प्रहार गरेको बल कुनै पनि देशविरुद्ध गरेको सर्वाधिक प्रहार बनेको छ ।

    अजेन्टिनाले सन् १९९० यता उद्घाटन खेलमा पहिलोपटक जित निकाल्न नसकेको हो । १९९० मा पहिलो खेलमै क्यामरुनसँग पराजित भएको थियो । तर, पनि विश्व कपको फाइनलसम्म अर्जेन्टिाना पुगेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…