• एजेन्सी । विश्वकप फुटबल २०१८ को चौथो दिन आज तीन खेलमा ६ टोली भिड्दै छन्।

    जसमा पहिलो खेल कोस्टारिका र सर्बियाबीच हुनेछ भने दोस्रो खेलमा जर्मनी र मेक्सिको भिड्दै छन्। त्यस्तै तेस्रो खेलमा ब्राजिल र स्विटजरल्याण्ड भिड्दै छन्।  यी टिम मध्ये ब्राजिल यस्तो टोली हो, जसले सबै विश्वकप खेल्दै आएको छ।

    ब्राजिलले ८० वर्षयता आफ्नो सुरुवात म्याच हारेको छैन्।  त्यस्तै जर्मनी विश्वकपमा १९ पटक खेलेको छ । ब्राजिल ४८ वर्षमा ग्रुप स्टेज म्याचमा कहिलै पराजित भएको छैन्। ब्राजिल र स्विटजरल्याण्ड विश्वकपमा यो भन्दा अघि एक पटक आमनेसामने भएका छन्। १०५० मा भएको खेलमा २२ गोलको बराबरीमा खेलेका थिए।

    ब्राजिल विश्वकपमा अहिले खेलिरहेका टोली मध्ये सबै भन्दा बढी ५ पटक च्याम्पियन बनेको छ। पछिल्लो १२ विश्वकपमा ग्रुप स्टेजमा ब्राजिल एक पटक पनि पराजित बनेको छैन्। ब्राजिलले आफ्ना १८ सुरुवात खेलमा १६ खेल जितेको छ।

    सन् १९३४ मा स्पेनले ३-१ ले पराजित गरेको थियो। ब्राजिलले आफ्नो कोच टिटेको मार्गदर्शनमा पछिल्लो २१ खेलमा १ पटक मात्र पराजित भएको छ। त्यस्तै स्विटजरल्याडको कुरा गर्ने हो भने यो टोली १-१ औँ पटक विश्वकपमा सहभागी बनेको छ। यसले ३३ खेलमा ११ खेल जितेको छ। त्यस्तै ६ खेल बराबरीमा खेलेको छ।

    यस्तो छ खेल तालिका
    कोस्टारिका र सर्बियाबीचको खेल  बेलुकी ५ः४५
    जर्मनी र सेक्सिकोबीचको खेल राति ८ः४५
    ब्राजिल र स्विटजरल्याण्डबीचको खेल राति ११ः४५ मा 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…