• विजय धिमाल
    उर्लाबारी ३ असार । मोरङको उर्लाबारी नगरपालिका–३ धिमाल परियोजाना दश विगेमा धिमाल जातिको महान पर्व जातिरि÷सिरिजात पर्वको अवसरमा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । जातीय विकास केन्द्रले “मौलिक संस्कृति, हाम्रो सम्पति” भन्ने मुलनाराका साथ प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा कार्यक्रमको समुद्घाटन गरिएको थियो । कार्यक्रममा केन्द्रले स्थानिय जनप्रतिनिधि धिमाल अध्यक्ष, सदस्य, युवा समाजसेवि र धिमाल युवा प्रतिभा पुरस्कार सम्मान प्रदान गरेको छ ।

    जसमा धिमाल युवा प्रतिभा पुरस्कार उर्लाबारी २ सुनझोडाकी रविना (मेचु) धिमाललाई प्रदान गरिएको छ । युवा समाजसेवी दमक ४ ठुलोअर्नाखाडीका रक्कि धिमाललाई सम्मान गरिएको थियो । स्थानीय तहमा निर्वाचित अध्यक्ष, सदस्य जम्मा २३ जनालाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । मेला तथा साँस्कृतिक कार्यक्रममा मोरङ, झापा, सुुनसरी काठमाण्डौ जिल्ला समेतबाट धिमाल लगायत गैह्र धिमालहरु हजारौंको संख्यामा सहभागी थिए । साँस्कृतिक कार्यक्रमा बिभिन्न धिमालटोलहरुबाट आएका धिमाल नृत्य, गायन विधाका धिमाल राष्ट्रिय कलाकार संजिव धिमाल, गायक गायीका डिकबहादुर धिमाल, रविना धिमाल, मणिराज धिमालले गीत गाएर मनोरञ्जन दिलाएका थिए ।

    औपचारिक कार्यक्रमको अन्त्यतिर धिमाल समुदायबाट प्रतिनिधित्व गर्दै देश तथा विदेशमा समेत वडि विल्डिङमा उपाधि हासिल गर्न सफल ललित धिमालद्वारा वडि सो गरेका थिए । धिमाल युवा समुहद्वारा मेलामा आगमन ब्यक्तिहरुलाई निःशुल्क पिउने पानी वितरण गरेका थिए । विक्रम सम्वतको नयाँ वर्ष प्रवेशसंगै वैशाख २ गते मोरङको लेटाङ नगरपालिकाको भोगटेनी राजारानी धिमाल डाँडाबाट जात्रि पर्व प्रारम्भ हुने गर्दछ ।

    मोरङ, झापा, सुुनसरी र काठमाण्डौ जिल्ला लगायत नेपाल भर रहेका एक साय भन्दा बढी धिमाल बस्तिहरुमा फरक फरक गतेमा जातिरि÷सिरिजात मनाउने गरिन्छ । सबै ठाउँमा मनाईसकेपछि असार २ गते धिमाल जातीय बिकास केन्द्र परियोजना स्थल दश बिगेमा जात्रि सम्पन्न हुनेगरेको बिकास केन्द्रका अध्यक्ष तेजबहादुर धिमालले जानकारी दिए । उनले भने, धिमाल समुदाय भरि कुनै ठाउँ पुजा त कुनै ठाउँ मेला लगाउदै २ महिना सम्म लगातार मनाउदै आएका छन । नेपालमै लामो समय सम्म जातीय पर्व मनाउने धिमाल जाति बाहेक अन्य जाति नरहेको उनको भनाई छ ।


    अतितमा जंगलका हिंस्रक जनावर, अनेकौँ रोगव्याधि, महप्रलय, अनाबृष्टि, अतिबृष्टि, अनिकाल, खडेरी, आगलागि लगायत अनेकौँ संकटहरुबाट बच्न र बचाउनका खातिर ग्रामथान÷महाराजथानमा देरादिर(भगवान)घरदेखि केहिपर वा धिमाल समुदायको पूर्वपट्टी थान र्र्निमाण गरि वर्षको एक पटक पुजाआजा परापूर्वकादेखि हाल सम्म जात्रि मनाउनदै आएको धिमाल जातीय विकास केन्द्रका महासचिव केदार धिमाल बताउछन ।

    उनका अनुसार जात्रिमा ग्रामथान तथा महाराजथानमा पुजाआजा गर्दा फलफुल लगायत सुँगुर, बोका, बाख्रा, हाँस, कुखुरा, परेवा आदिको बलिदिने र रक्सी पनि चढाउने चलन रहेको छ । मूख्य बाजा ढोल बजाएर प्रतिस्पर्धा गरि प्रथम, द्वितिय, त्रितिय र सानत्वना हुनेलाइ पुरस्कृत गरिन्छ । ढोल प्रतिस्पर्धामा छिमेकी गाँउ टोलका धिमाल जाति नै हुन्छन । यो वर्ष ढोल प्रतियोगीतामा ३८ ढोलहरुको सहभागी रहेको थियो भने प्रथम जामुझार, द्वितिय कालाबान्जार र तृतिय नलबारी झापा गाउँटोल भएभने नगद सहित प्रमाण पत्रद्वारा पुरस्कृत गरिएको थियो ।


    कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई बिशिष्ट अतिथिमा प्रदेश नम्बर १ क सांसद कुलबहादुर साम्बा, आशिष बाबू गुरुङ, पुर्ब सभासद नगेन्द्रबहादुर धिमाल, उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, लेटाङ नगरपालिकाका मेयर शंकर राई रहेका थिए । धिमाल जातीय विकास केन्द्रका केन्द्रिय अध्यक्ष तेजबहादुर धिमालको सभापतित्वमा कार्यक्रम समापन भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…