झापा । धार्मिक र पर्यटन क्षेत्रमा ख्याती कमाएको पूर्वकै प्रसिद्ध धार्मिक स्थल बराह क्षेत्रको संरक्षरण र प्रचार गर्ने उदेश्यका साथ चक्रघट्टी जेसीज सुनसरीले सरसफाइ गरेको छ ।
बराहक्षेत्र नगरपालिका वार्ड न. १ स्थित बराहक्षेत्र मन्दिर परिसरबाट शुभारम्भ भएको सरसफाइ अभियानले त्यस वरपर रहेका स्थानमा जेसीजकर्मीहरुले सरसफाइ गरेका थिए । सरसफाइ अभियानमा संस्थापक अध्यक्ष निश्चल बस्नेत र प्रमुख अतिथि प्रहरी इन्चार्ज जेबी राउतलगायतको सहभागिता रहेको थियो । सरसफाइ अभियान कार्यक्रम संयोजक जेसी मनोज तामाङको नेतृत्वमा सम्पन्न भएको थियो । चक्रघट्टी जेसीज वर्ष 2018 को अभियान र शाखा अध्यक्ष प्रकरण "Change is Possible लाई सार्थक तथा बराहक्षेत्र नगरपालिका लाई neat and clean city बनाउने उदेश्य रहेको शाखा अध्यक्ष देबकुमार चौधरीले बताए । यस अघि पनि यस शाखाले जेसीज अभियानमा विभिन्न कार्यहरु सम्पन्न गरेको छ ।