• देबु बानियाँ झापा ।
    काभ्रे जेसीज र काभ्रे महिला जेसीजको सयुक्त आयोजनामा स्व रामभक्त स्मृति अन्तर मावि जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
    नेपाल जेसीजको वर्ष २०१८ को प्रकरण ‘Yes ! We Shine By Rising Responsibility’  विषयक वक्तृत्वकला प्रतियोगितामा ्रतियोगितामा बनेपास्थित विद्या सागर इङ्लिस बोडिङ स्कुलकी सुस्मिता चौलागाईं प्रथम भइन् । प्रतियोगितामा यस क्षेत्रका १८ विद्यालयबाट ३५ जना विद्यार्थीहरुले सहभागिता रहेको थियो । प्रतियोगितामा निर्णायकको रुपमा काभ्रे जेसीजका पूर्व अध्यक्ष एवं नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष प्रकाश कायस्थ, भकुण्डेबेसी जेसीजका अध्यक्ष रुकमणी सिग्देल रहेका रहनु भएको थियो । उक्त प्रतियोगिताका विजेता प्रतियोगिहरुलाई पुरस्कृत गरिएको थियो ।
    समुदायमा जेसीज अन्तर्गतको तेस्रो कार्यक्रम काभ्रे जिल्ला जिल्ला मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
    काभ्रे जेसीजका अध्यक्ष जेसी उमेश मानन्धरको सभापतित्व तथा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसीआई सिनेटर विकास मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक बुद्धलक्ष्मी मानन्धरले राख्नुभएको थियो ।
    काभ्रे महिला जेसीज महासचिव जेसी भगवती श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा कार्यक्रम संयोजक कृष्णकुमार मानन्धरले कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो । सभापति उमेश मानन्धरले उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गरि कार्यक्रम समापन गर्नुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…