• झापा । काभ्रे जेसीज र काभ्रे महिला जेसीजको संयुक्त आयोजनामा प्रभावकारी भाषण तालिम (Effective Public Speaking-EPS Training) सम्पन्न भएको छ।
    समुदायमा जेसीज २०१८ अन्तर्गतको दोस्रो कार्यक्रम प्रभावकारी सार्वजनिक भाषण तालिम काभ्रे जिल्लाका ३० वटा विद्यालयका १५० जना विद्यार्थीहरुलाई दिइएको थियो ।
    नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसीआई सिनेटर विकास मानन्धरको प्रमुख आतिथ्यता तथा काभ्रे जेसीजका वर्ष २०१८ का अध्यक्ष उमेश मानान्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा
    नेपाल जेसीजका पूर्व उपाध्यक्ष जेसी शोभा खरेलले विद्यार्थीहरुलाई तालिम दिनु भएको थियो । काभ्रे महिला जेसीजकी तालिम संयोजक रुस्का वैद्यले स्वागत गरेको कार्यक्रममा काभ्रे जेसीजका महासचिव बिजेश मुल्मीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा कार्यक्रम संयोजक जेसी संजीप मानन्धरले कार्यक्रमका बारे प्रकाश पार्नुभएको थियो । सभापति जेसी उमेश मानन्धरले तालिमको औचित्य र प्रभावकारी रुपमा आफ्नो प्रस्तुति सभा सम्मेलनमा राख्नका लागि तालिम महत्वपूर्ण रहको बताउँदै उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गरि कार्यक्रम समापन गर्नुभएको थियो । तालिममा विभिन्न व्यक्तिहरुको उल्लेखिय सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…