काठमाडौँ, असार ५ गते । वरिष्ठ न्युरोसर्जन प्रा. डा. उपेन्द्र देवकोटाको आज बिधुतीय माध्यमबाट अन्त्येष्टि गरिएको छ । स्वर्गीय डा. देवकोटाको पत्नी डा. मधु देवकोटा र तीन छोरीहरुले दागवत्ती दिएका छन् । देवकोटाप्रति अन्तिम श्रद्धाञ्जली दिन आफन्त र शुभचिन्तकको पशुतपी आर्यघाटमा ठूलो संख्यामा भिड लागेको थियो ।
डा. देवकोटालाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री एवम् उहाँका विद्यालय तहका सहपाठी डा. बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु अस्पताल पुगेका थिए ।
हिजो साँझ निधन भएका डा. देवकोटालाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार विहान ८ बजेदेखि बाँसबारीको न्युरो अस्पताल राखिएको थियो ।