• उर्लाबारी, ५ असार ।
    केही पत्र–पत्रिकामा आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले समाचार प्रकाशन भएको भन्दै मोरङ, उर्लाबारी–१ का गोविन्द भट्टराईले आपत्ति जनाएका छन् । ती पत्र–पत्रिकामा आफूलाई तस्कर भनी उल्लेख गरेकोमा असहमती जनाउँदै उनले त्यसलाई प्रमाणित गर्न चुनौति दिएका छन् ।मोरङको उर्लाबारीमा मंगलबार पत्रकार सम्मेलन गर्दै भट्टराईले आफू अध्यक्ष रहेको पूर्वेली क्रसर उद्योगलाई समेत अवैधानिक भनेर व्याख्या गरिएकोमा रोष प्रकट गरे । ‘घरेलु तथा साना उद्योग कार्यालयमा विधिवत दर्ता गरेर सञ्चालन गरिएको क्रसर उद्योग कसरी अवैधानिक भयो ?’, भट्टराईले भने, ‘अर्काको चरित्र हत्या गर्ने यो सुनियोजित षडयन्त्र हो । ’

    राज्यलाई कर तिरेर सञ्चालन गरिएको क्रसर उद्योगविरुद्ध पूर्वाग्रह ढङ्गले समाचार प्रकाशन गरिएको उनको भनाई छ । केहीदिन अघि क्षेत्रिय खाद्य तथा गुण नियन्त्रण कार्यालयले शिलबन्दी गरेको उर्लाबारी–६ स्थित आर.के. इण्डष्ट्रिज प्रालीले उत्पादन गर्दै आएको ओजन पानी उद्योगमा आफ्नो कुनै लगानी नभएको उनले स्पष्ट पारे । उनले प्रहरीसँग आफ्नो साँठगाँठ भएको समाचार प्रति पनि असहमती व्यक्त गरे । सामाजिक कार्यमा आफू रहेको हुनाले प्रहरीसँग भेटघाट हुनेगरेको तर, पत्रपत्रिकामा आएको समाचार जस्तो कनेक्शन नभएको भट्टराईले बताए ।
    भट्टराईले एक विज्ञप्ती प्रकाशन गरी पूर्वेली क्रसर उद्योग मापदण्ड विपरित रहेको प्रमाणसहित आए कानुनी कारबाही भोग्न तयार भएको बताए । तस्कर, प्रहरी कनेक्शन र व्यवसायमा शंकास्पद जस्ता शब्द पूर्वाग्रही भएर निराधार तरिकाले प्रकाशन गरिएको उनले बताए । उद्योगको नियमित नविकरण गरेको, दैनिक सरदर ६० हजार रुपैयाँ सरकारलाई राजस्व तिरेको र सामाजिक क्षेत्रमा समेत सहयोग गरेको विज्ञप्तीमा उल्लेख छ । आफू मनोहर सामुदायिक वन उपभोक्ता समूहको निर्बाचित अध्यक्ष भएको र तस्कर जस्ता शब्दको प्रयोगले आम वन उपभोक्ताको मानमर्दन भएको विज्ञप्तीमा जनाइएको छ । ‘म प्रति पत्रिकाले अकुत सम्पति कमाएको आरोप लगाउँदा पत्रकारिता प्रति नै लज्जावोध भएको छ’, विज्ञप्तीमा भनिएको छ । 

    ओजन पानीका सञ्चालक धु्रबचन्द्र पराजुलीले पानीको गुणस्तर सुधारका लागि खाद्य विभागले आगामी साउन मसान्तसम्म समय सिमा दिएपनि समय सिमाअगावै कम्पनिमा शिलबन्दी गरिएको बताए । उनले म्याद नाघेको मिनरल वाटरको बोतललाई लिएर पत्रिकामा ओजन पानीविरुद्ध नकारात्मक समाचार प्रकाशन गरिएको दाबी गरे । ‘मिनरल वाटरको म्याद छ महिनाको हुन्छ, तर नौ महिनाअघिको पानी देखाएर आफूलाई फसाउन खोजिएको छ’, उनले भने । पानी पिउन योग्य छ वा छैन भन्ने विषयमा सम्बन्धित निकायबाट परीक्षण नै नगराई उद्योगमा शील गरिएको पराजुलीले बताए । ‘कम्पनी सञ्चालन, नामसारी, ठाउँसारी या बन्द गर्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले सम्बन्धित वडाअध्यक्षमा निहित राखेको अबस्थामा वडा नम्बर ६ का अध्यक्ष कार्यालयमै भएको अबस्थामा अर्काे वडाका अध्यक्षलाई रोहवरमा राखी उद्योग सञ्चालकलाई जानकारी नदिई उद्योगमा शील गरिएकोमा हाम्रो घोर आपत्ति छ’, पराजुली र अर्का सञ्चालक नरकाजी श्रेष्ठद्वारा हस्ताक्षारित विज्ञप्तीमा भनिएको छ ।
    दुरासय ढंगले ‘तस्कर’ जस्ता शब्द प्रयोग गरी प्रकाशित समाचारले आफूले गरेका सामाजिक कार्यलाई ओझेलमा पारेको पराजुलीले बताए । पानी उद्योगले राज्यलाई हरेक बर्ष नियमित रुपमा कर तिरेर सम्बन्धित कार्यालयबाट अनुमति प्राप्त गरी सञ्चालन गरिएको उनले बताए । ‘उद्योगलाई शंकास्पद व्यवसाय, अबैध व्यवसाय भनी फैलाइएको अफवाह प्रति हाम्रो गम्भिर आपत्ति छ ।’ विज्ञप्तीमा भनिएको छ ।
    विज्ञप्तीमा छ, ‘राष्ट्रको चौथो अंग पत्रकारिता जगतलाई समाचार लेख्ने कुरामा कुनै आपत्ति छैन तर यथार्थ र वास्तविकता बुझेर कलम चलाउनुपर्छ । उर्लाबारीमा मात्र होईन, अन्य प्रहरी कार्यालयमा पनि उद्योगी व्यापारीसँग सहयोग लिई तार, वार, घेराबारा गेट निर्माणका कामहरु हुने गर्दछन् । सोही अनुरुप गेट बनाउन अन्य ब्यापारी व्यवसायीको सहयोगमा हामीले ईलाका प्रहरी कार्यालय उर्लाबारीको गेट लगाएको सत्य हो । तर मोवाईल सेट बाँढेको, प्रहरी कनेक्सनकै कारण छोटो समयमा ह्वात्त आर्थिक स्तर उकासेको, शंकास्पद कारोबार गरेको भने होइन ।’

    ‘तस्करीमा संलग्न भएको प्रमाण मिडियाले पुर्याउन सक्छ भने हामी जुनसुकै कानुनी कारवाही भोग्न तयार छौ । हाम्रो नाम जोडेर प्रहरीसँग खिचिएका फोटाहरु समेत अखबारमा प्रकाशित भएका छन् । हामीले प्रहरीसँग कुनै सम्बन्ध राखेर अबैध गतिविधी सञ्चालन गरेको छैन् । मिडीयाले भाम्रक र तथ्यहिन समाचार प्रकाशन गरेर आम सञ्चारको मुल्य मान्यताको नै धज्जी उडाएको हाम्रो निष्कर्ष हो । प्रहरीसँग फोटो खिच्दैमा हामी तस्कर र अबैध कारोबारी हौ भने प्रहरीसँग फोटो खिच्ने अरु ब्यक्ति के हुन ? हामी सम्बन्धित मिडियासँग प्रश्न गर्न चाहान्छौ ।’ विज्ञप्तीमा उल्लेख छ ।
    ओजन पानीका सञ्चालक श्रेष्ठले सत्यतथ्य बुझेर मात्र समाचार लेख्न सञ्चारकर्मीहरुलाई आग्रह गरे । उनले विना प्रमाण अर्कालाई तस्कर भनी चरित्र हत्या गर्न नहुने बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…