• बाहुनडाँगी । भृकुटी सामुदायिक अध्ययन केन्द्र मेचीनगर–२ ले ३ वटा सामुदायिक विद्यालयका ५० जना लोपन्मुख र सिमान्तकृत विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।
    भृकुटीस्थित सिठङ मार्केटमा आयोजित एक समारोहकाबिच भानु मावि मेचीनगर, नव ज्योति निमावि र मेची जनसाधारण माविका ५० जना विद्यार्थीलाई शैक्षिक सामाग्री तथा पोशाक वितरण गरिएको हो । केन्द्रले मेचीनगर २ वडा समितिको आर्थिक सहयोगमा सामाग्री वितरण गरेको हो ।
    संस्थाका अध्यक्ष युवराज कट्टेलको सभापतित्व तथा जिल्ला समन्वय समितिका सदस्य गंगा कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष पासाङ तामाङ, वडा नम्बर २ का सदस्य सुरेश घिमिरे, बेनु राई, सीता मोते, भानु माविका प्रधानाध्यापक देवेन्द्र खनाल, नव ज्योति निमाविका प्रधानाध्यापक सोम आचार्यलगायतको सहभागिता रहेको थियो । केन्द्रका कोषाध्यक्ष पोशक मोतेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव अर्जुन कार्कीले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…