मेचीनगर । मेचीनगर शहरी स्वास्थ्य चौकी मेचीनगर ५ सुरेन्द्रनगरको आयोजनामा एक दिने महिलाहरुको पाठेघरको मुखको क्यान्सर जाँच सम्बन्धि शिविर सम्पन्न भएको छ ।
धुलावारी स्वास्थ्य केन्द्रको प्राविधिक सहयोगमा भएको शिविरमा ७० जना महिलाले स्वास्थ्य परिक्षण गराएको थिए । जस मध्ये ४ जना पाठेघरको मुखमा मासु पलाएको
४ क्यान्सरको सम्भावना र ४ जनाको पाठेघरको मुखमा मासु पलाएको भेटिएको सिएमए धनकुमारी राईले बताइन् । शिविरमा धुलावारी स्वास्थ्य केन्द्रका डा. एलिजा गौतम, स्वास्थ्य नगर संयोजक शशिकला राई र उमा अधिकारीले महिलाहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।
स्वास्थ्य केन्द्रका अध्यक्ष अनन्तकुमार दाहालको सभापतित्व तथा वडा अध्यक्ष योगेन थापा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।