• उर्लाबारी ।भारत सिलगुढी डिपोसंग गरिएको खरिद प्रक्रियामा समस्या उत्पन्न भएपछि पूर्वका अधिकाश पम्पहरुमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव भएको छ । पम्पहरुमा पेट्रोलियम पदार्थ नियमित रुपमा विक्री वितरण हुन छाडेपछि उपभोक्ता थप मारमा परेका छन् ।
    अहिले कतिपय पम्पहरु बन्द गरिएको छ, भने केही पम्पहरुले डिजेल मात्र विक्री वितरण गरिरहेका छन् । पेट्रोल पाउन छाडेपछि बजारमा पेट्रोलियम पदार्थको कालाबजारी सुरु भएको छ । प्रतिलिटर १ सय ८ रुपैया पर्ने पेट्रोल बजारमा १ सय २० देखि ३० सम्म बिक्री वितरण भइरहेको छ । भद्रपुरस्थित सन्तोष टे«डिङमा आइतबारदेखि पेट्रोल नभएकोले उपभोक्ताहरु फर्किरहेका छन् । पेट्रोल आउने बारेमा कर्मचारी अनभिज्ञ छन् ।
    केहीदिन देखि भारत सिलगुढी डिपोसंग गरिएको खरिद प्रक्रियामा समस्या उत्पन्न भएपछि मेचीमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव भएको नेपाल मेची पेट्रोलियम डिलर्स एसोसिएनका बरिष्ठ उपाध्यक्ष लय भण्डारीले जानकारी दिए ।
    इण्डियन आयल कर्पोरेशन (आइओसी) अन्तरगत पश्चिम बंगालस्थित सिलगुढी डिपोबाट पेट्रोलियम पदार्थ खरिद गरी पूर्वका पम्पहरुलाई बिक्री बितरण गर्दै आइरहेको उनले जनाए ।
    नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशन बीच भएको खरिद प्रक्रिया बमोजिम मेचीनगर स्थित चाराआली डिपोले सिलगुडी डिपोसंग पेट्रोलियम पदार्थ फाइनल बोइलिङ पोइन्ट (एफबीपी) २०० सेलमा खरिद गर्दै आइरहेका थिए । तर, अहिले सिलगुडी डिपोले २०० सेलको ठाउँमा २०५ देखि २२५ सम्म बिक्री गर्दै आइरहेको छ । जुन खरिद प्रक्रिया नेपाल आयल निगमसंग गरिएको भन्दा फरक हो । उनले भने, ‘नेपाल आयल निगमले खरिद प्रक्रियालाई परिमार्जन नगरे दैनिक मेचीमा पेट्रोलियम पदार्थको अभाव भइरहने छ ।’ सोमबार बेलुका २०० सेल पेट्रोलियम पदार्थ भित्रिएकोले केही दिनदेखिको समस्या बुधवारदेखि केही दिनका लागि सहज हुने उनले बताए ।
    चाराआली डिपोका कार्यालय प्रमुख सनम कार्कीले खरिद प्रक्रियाकै कारण पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या भएको बताए । समाधानका लागि नेपाल आयाल निगमलाई जानकारी गराइसकेको उनले बताए । झापा, इलाम, पाँचथर र ताप्लेजुङ गरी मासिक २५ देखि ३० लाख लिटर सम्म पेट्रोलियम पदार्थ बिक्रीवितरण भइरहेको निगमले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…