• काठमाडौं असार ५ । ब्राजिलियन स्टार नेयमारले रूसमा जारी विश्वकप फुटबलका आगामी खेल गुमाउनसक्ने भएका छन्।

    विश्वकपको पहिलो खेलको क्रममा उनीमाथि भएका १० फलबाट केही घाइते भएका नेइमार अभ्यासको क्रममा दायाँ खुट्टाको दुखाई बढेकाले ब्राजिलको आगामी खेलमा उनी अनुपस्थित हुनसक्ने आशंका बढेको हो।

    स्विट्जरल्याण्डसँगको खेलको क्रममा १० पटक नेयमारमाथि फाउल भएको थियो। मंगलबारको अभ्यासमा खुट्टाको औलामा दुखाइ बढेपछि हातले अनुहार छोपेको तस्बिरसहित अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समाचार बनाएका छन्।

    पहिलो खेलमा ब्राजिलले १–१ को बराबरी खेलेको खेलमा नेइमारले गोल भने गर्न सकेका थिएनन्। तर उक्त खेलमा भएको फाउलहरुको कारण उनको गोलिगाँठोको चोट बल्झिएको हुनसक्ने बेलायती अनलाइन पत्रिका डेली मेलले जनाएको छ।

    यस्तै सनमा आएको समाचार अनुसार आगामी खेलको लागि तयार हुन नेयमारलाई अझै केही दिनको आराम आवश्यक हुन्छ।

    स्विट्जरल्याण्डसँगको खेलमा नेयमारमाथि भएको फाउल सन् १९९८ पछि अहिलेसम्म कुनै पनि खेलाडीमाथि सबैभन्दा धेरै पटक गरिएको फाउल हो। सन् १९९८ मा एलन सियर माथि ११ पटक फल भएको थियो।

    आगामी शुक्रबार ब्राजिलले कोस्टारिकासँग समूह चरणको दोस्रो खेल खेल्ने छ।

    समूहको दोस्रो खेलमा सम्भवत नेयमार खेल्ने छैनन्।

    यसअघि ब्राजिलका प्रशिक्षकले टिटेले विश्वकपका लागि नेयमार शतप्रतिशत फिट नभएको  प्रतिक्रियासमेत दिएकका थिए।

    ब्राजिलका प्रशिक्षक टिटेले स्विट्जरल्याण्डसँगको खेलपछि विश्वको सबैभन्दा महंगा खेलाडीलाई कोस्टारिकासँगको खेलमा आराम दिन सक्ने समाचारमा भनिएको छ।

    गएको फेब्रुअरीमा नेयमारको खुट्टामा देखिएको चोटको कारण उनले त्यसयता लामो समय मैदान बाहिर बसेका थिए।

    स्विट्जरल्याण्डसँगको खेलमा आफूमाथि भइरहेको आक्रमणको विषयमा उनले रेफ्रीको पनि ध्यानाकर्षण गराएका थिए।

    यसैबीच स्विट्जरल्याण्डले नेयमारलाई मात्र लक्षित गर्ने आफूहरुको कुनै नियत र उद्धेश्य नभएको स्पष्ट पारेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…