• काठमाडौं। आयोजक रसियाले मो. सलाहको ईजिप्टलाइ ३-१ गोलले पराजित गर्दै आफ्नो दोस्रो खेल जितेको छ। यो जितसँगै रसियाले २ खेलमा ६ अंक प्राप्त गर्दै सुखद विश्वकप यात्रा जारि राखेको छ।

    पहिलो खेलमा साउदी अरेबियालाई ५ गोल गरेको रसियाले ईजिप्टलाई ३ गोल गर्दै २ खेलमा आठ गोल गरिसकेको छ। रसियाको विश्वकपमा यो उत्कृष्ट प्रदर्शन हो ।

    पहिलो हाफमा गोल रहित स्थितीमा सकिएको खेलमा दोस्रो हाफो सुरुवातमा ईजिप्टका अहमद फातीले ४७औं मिनेटमा आत्मघाति गोल गर्दै रसियालाई १-०को अग्रता दिलाएका थिए।

    त्यसैगरि डेनिस चेरीसेवले ५९औं मिनेटमा दोस्रो गोल गरेका थिए भने आर्तेम ज्युबाले ६२औं मिनेटमा तेस्रो गोल गरका थिए।

    ईजिप्टका स्टार खेलाडी सलाहले ७३औं मिनेटमा पेनाल्टी मार्फत एक मात्र गोल गरेका थिए। प्रतियोगिताको शुरुवा मो. सलाह विश्वकपमा हेर्न पर्ने खेलाडीका रुपमा आएका थिए। विश्वकपमा यो सलाहको पहिलो खेल रहेको छ।

    उरुग्वे बिरुद्धको पहिलो खेल सलाहले घाईते भएका कारणले खेल्न पाएका थिएनन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…