• जेनेभा । विश्व शरणार्थी दिवस विश्वभर मनाइँदैछ । नेपालमा पनि शरणार्थी समस्या कायमै छ । भुटानी शरणार्थीहरुको पूर्ण व्यवस्थापन अझै पनि हुन सकेको छैन । यसै सन्दर्भमा विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कारण सन् २०१७ को अन्त्यसम्ममा छ करोड ८५ लाख व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघद्वारा हालै प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।

    यस प्रकार सर्वसाधारण आफ्नो देश या इलाकाबाट विस्थापित हुनेमा प्रायः म्यानमार र सिरियाका धेरै नागरिक रहेका छन् ।

    सन् २०१७ को अन्त्यसम्ममा विश्वभरबाट विस्थापित हुने व्यक्तिको संख्या अघिल्लो वर्षको तुलनामा ३० लाखले बढेको पनि सो प्रतिवेदनमा जनाइएको छ ।

    यसरी विस्थापित भएका व्यक्तिको गएको एक दशकयताको हिसाब गर्ने हो भने उक्त अवधिमा करिब ५० प्रतिशतले नै बृद्धि भएको पाइएको छ ।

    एक दशकमात्र अघि यो सङ्ख्या चार करोड २७ लाख रहेको संयुक्त राष्ट्रसंघले प्रकाशन गरेको सो प्रतिवेदनमा जानकारी दिइएको छ ।

    विस्थापितहरुको यो सङ्ख्या १० वटा देशको मात्र भएको जेनेभामा प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संयुक्त राष्ट्रसंघीय उच्च शरणार्थी आयोगका आयुक्त फिलिपो ग्रान्डीले बताए ।

    सिरियामा सात वर्षसम्म जारी द्वन्द्वको क्रममा ६३ लाख व्यक्ति देश छोडी विदेशमा शरणार्थी बन्न बाध्य भएका छन् । यो सङ्ख्या विश्वभर रहेका शरणार्थीहरुको तुलनामा तीन भागको एक भाग हुन आउँछ ।

    त्यसैगरी सिरियामा अरु करिब ६२ लाख व्यक्ति सिरियाभित्र नै आन्तरिकरुपमा विस्थापित भएका छन् ।

    शरणार्थी सङ्ख्याको विषयमा सन् २०१७ मा गरिएको अध्ययनअनुसार दोस्रो स्थानमा अफगानिस्तान पर्छ ।

    अफगागिस्तानमा त्यसअघिका वर्षको तुलानामा सन् २०१७ मा शरणर्थीका रुपमा विस्थापित भएर देश छोड्न बाध्य भएका व्यक्तिको सङ्ख्या पाँच प्रतिशतले बढेको पाइएको छ ।

    अर्थात अफगानिस्तानमा सन् २०१७ मा २६ लाख व्यक्ति आफ्नो देश छोडी शरणार्थीका रुपमा विदेशिन बाध्य भएका थिए ।

    यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई आप्रवासीको शिवीर बन्न नदिने घोषणा गरेका छन् ।

    उनले विगतको आफ्नो नीतिको बचाउ गर्दै सो धारणा राखेका हुन् । राष्ट्रपति ट्रम्पले आप्रवासी नीतिकै कारण जर्मन आफ्ना नेताको विरोधमा उत्रिन थालेको पनि बताएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…