• एजेन्सी । फिफा विश्वकपमा आज पनि ३ वटा खेलहरु हुँदैछन् । पहिलो खेल फिफा विश्व वरियतामा चौथो स्थानमा रहेको पोर्चुगल र मोरोक्कोबिच नेपाली समय अनुसार लुजनिकी रंगशालामा हुनेछ । समुह चरणको पहिलो खेलमा स्पेन विरुद्ध तीन तीन गोलको बराबरीमा रोकिदा नायक बनेका क्रिस्टियानो रोनाल्डो आजको खेलमा पनि चम्किनसक्ने संभावना प्रवल छ । यी दुईको भेट यस अघि सन् १९८६ को विश्वकपमा भएको थियो , जहाँ मोरोक्कोले पोर्चुगललाई ३–१ ले हराएको थियो । तर लामो समय विति सक्दा पोर्चुगल भने निकै फर्ममा छ । २०१४ को विश्वकपमा पोर्चुगल समूह चरणबाटै बाहिरिएको कारण पनि पोर्चुगल अहिले उपाधि जित्ने लक्ष्यमा लागिपरेका कारण पनि आजको खेल विशेष हुने संभावना छ ।

    त्यस्तै आजको दोस्रो खेल साउदी अरविया भर्सेस उरुग्वेबिच हुँदैछ । फिफा विश्व फुटबल वरियतामा ६७ औँ स्थानमा रहेको साउदी अरेबिया समुह चरणको पहिलो खेलमा नै आयोजक रसियासंग पराजित भइसकेकाले आजपनि उ दबाबमा हुने संभावना बढी देन्छि । यद्यपी जितका लक्ष्य सहित मैदानमा उत्रिने साउदी अरेविया आजको खेलमा भने समुह चरणमा भोलेको हारको बदला लिन चाहान्छ ।

    त्यस्तै आज नै हुने तेस्रो खेलमा ईरानले स्पेनको सामना गर्दैछ । समुह विको शीर्षस्थानमा रहेको तथा पाँचौ विश्वकप खेलिरहेको ईरानले समुह चरणमा पोर्चुगलबिरुद्ध बराबरी खेलेको देश स्पेनसँग रोचक भिडन्त गर्नेछ । विश्वकपको समुह चरणको आफनो पहिलो खेलमा इरानले मोरोक्को विरुद्ध जित निकाल्नु र स्पेनले पोर्चुगललाई दिएको टक्करका कारण पनि यो खेल विशेष हुनेछ । आजको अन्तिम खेल नेपाली समय अनुसार राती पौने १२ बजेबाट सुरु हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…