• काठमाडौं, ६ असार । पार्टी नेतृत्वको आलोचना गर्ने डरले सिटौला र प्रकाशमानलाई बोल्न नदिइएको सिटौला पक्षको आरोप छ ।

    ‘सभापतिको कार्यशैली, पार्टीभित्रको भद्रगोल अवस्थाका विषयमा खरो बोल्ने कोही भएनन्,’ एक केन्द्रीय सदस्यले भने, ‘सिटौला र प्रकाशमानलाई बोल्न दिँदा नेतृत्वको आलोचना हुन्छ । त्यसको असर जिल्ला सभापतिहरूमा पर्छ । उनीहरूले पनि विरोध गर्छन् भन्ने डरले बोल्न दिइएन ।’

    केन्द्रीय कार्यालय आयोजक र मकवानपुर कांग्रेस व्यववस्थापक रहेको भेला लामो हुने, जिल्ला सभापतिका सुझाब, गुनासा सुन्नुपर्ने भएकाले थोरै वक्ता राखिएको संस्थापन पक्षको दाबी छ ।

    साढे ११ बजेबाट उद्घाटन सत्र सुरु हुने भनिए पनि झन्डै दुई घन्टा ढिलो गरी कार्यक्रम सुरु भयो । साढे दुई घन्टा उद्घाटन कार्यक्रम चलेपछि मंगलबार नै जिल्ला सभापतिहरूले आफ्ना सुझाब दिने गरी बन्दसत्र सुरु गर्ने तयारी भए पनि हुन सकेन ।

    बुधबार बिहानलाई छलफलको कार्यक्रम सारिएको छ । यसलाई पनि रामचन्द्र पौडेल र सिटौला पक्षले संस्थापनको नियोजित काम भनेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…