• काठमाडौं । सुन तस्करीको अनुसन्धान गर्ने क्रममा केही हुन्डी कारोबारीहरुको समेत सात्तो गएको छ । सुन तस्करीको पैसा हुन्डीमार्फत् पुग्दै आएको थियो र त्यसमा केही नाम चलेका व्यक्तिहरुको समेत संलग्नता खुलेको छ ।

    स्रोतका अनुसार त्यसमा ‘क’ वर्गका वाणिज्य बैंकका सञ्चालकहरु समेत छन् । रेमिटेन्सको समेत कारोबार गर्ने ती व्यक्तिहरुले रेमिटेन्स कम्पनीकै आडमा अवैध रुपमा हुन्डीको समेत कारोबार गर्दै आएका हुन् । तर, उच्च तहको राजनीतिक दबाबका कारण प्रहरीले ती उच्च पदस्थ व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन ।

    पटक–पटक सोधपुछ गरिए पनि राजनीतिक दबाबकै कारण कारबाहीमा तान्न नसकिएको स्रोत बताउँछ ।
    स्रोतका अनुसर विदेशमा शाखा खोलेर काम गरिरहेका अधिकांश कम्पनीका कर्मचारी तथा सञ्चालकहरु हुन्डीको कारोबारमा संलग्न रहेको पाइएको छ । कारोकारको गोपनियता कायम गर्नका लागि धेरैले हुन्डीलाई रोज्ने गरेका छन् ।

    सुन तस्करीमा थप को–को पर्दैछन् ?
    सुन तस्करीको अनुसन्धानका लागि गठित विशेष अनुसन्धान टोलीको म्याद असार मसान्तसम्म थपिएपछि थप व्यक्तिहरु त्रसित भएका छन् ।

    मोहन अग्रवाल र चुडामणि उप्रेतीसँग मिलेर सुन तस्करी र हुन्डीको कारोबारमा संलग्न व्यक्तिहरु अझै धेरै रहेको स्रोत बताउँछ ।

    त्यसकारण आफूहरु पनि पक्राउ पर्ने डरले कतिपय व्यक्तिहरुले देश छाडिसकेका छन् । जसमा अवकाश प्राप्त केही प्रहरी अधिकारीहरु समेत रहेको स्रोत बताउँछ, दृष्टिमा उल्लेख छ ।

    त्यस्तै तस्करहरुसँग केही पत्रकारहरु समेत तानिने सम्भाबना प्रबल रहेको टोलीका एक अधिकारी बताउँछन् । अनुसन्धानको घेरामा रहेका पत्रकारहरुको नाम गोप्य राखिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…