काठमाडौं । चर्चित गीतकार लिना राईको शब्द रहेको दुबे धारा पानी हाटैमा बोलको गीतको रेकर्ड भएको छ ।
गायक चन्द आङछङ्बु र गायिका रश्मि राईको स्वरमा सजिएको गीतको संगीत शशी गुरुङले गरेका हुन् । सेवा रेकर्डिङ स्टुडियो अनामनगरमा रेकर्ड गरिएको गीत लोक पपमा आधारित छ । किराँत राई संस्कृतिमा आधारित उक्त गीतले कला संस्कृति उजागर गर्न योगदान पुर्याउने अपेक्षा लिएको गीतकार लिनाले बताईन् ।
गायक चन्द र गायिका रश्मिको स्वरमा गीत मनछुने भएको छ । दर्शक स्रोताबाट राम्रो प्रतिक्रिया आईरहेको गीतकार लिना राईले बताईन् ।
https://www.youtube.com/watch?feature=youtu.be&v=fE5EKzx3O74&app=desktop