• ७ असार २०७५
    भीमराज अधिकारी, पथरी

    मोरङको पथरी शनिश्चरे ६ हसन्दह स्थीत आज बाल विवाह सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा नं. ६ स्थीत रहेका ३ वटा सामुदायिक विद्यालय रामजानकी आधारभूत, दुर्गा आधारभूत र शिक्षा सदन आधारभूत विद्यालयमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण फरेन विराटनगरका कार्यक्रम सुपरभाइजर अर्जुन बास्तोलाले गर्नुभएको हो ।
    वडाको बाल सञ्जालको कार्यक्रम अन्तरग आ.व ०७४÷०७५ का लागि विनियोजन भएको रकमबाट बाल अधिकार सम्बन्धिका कार्यक्रहरु अन्तरगत सो कार्यक्रम सम्पन्न भएको हो । यो भन्दा अगाडी बाल सञ्जालका पदाधिकारीहरुलाई बाल अधिकार सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न भइसकेको छ । अव वडामा रहेका बालकेन्द्रलाई दिइने खेलकुद तथा व्यवस्थापन वापतको रकम वितरण गरिने र यस वर्षको कार्यक्रम सम्पन्न गरिने वडा वालसंरक्षण सचिव दिलकुमार तामाङले बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…