• काठमाडौं । २०१८ को विश्वकपमा पहिलोपटक भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) प्रविधिको प्रयोग गरिएको छ । सो प्रविधिको प्रयोग गरिएसँगै महत्वपूर्ण निर्णयहरु एसिस्टेन्ट रेफ्रीहरुले लिने गर्छन् । यसरी लिइने निर्णयले कुनै समयमा खेल पल्टिने किसिमको नतिजा पनि दिन सक्छ । भीएआर प्रविधिको विस्तारसँगै खेल खेलाइरहेका रेफ्रीलाई अन्य रेफ्रीहरुले आफ्नो निर्णय बदल्नका लागि सुझाव दिन सक्छन् ।

    यसअघि युरोप र कन्फेडेरेसन कपमा नयाँ प्रविधिको प्रयोगको परिक्षणपछि यसको व्यापक विरोध भएको थियो । यद्यपि यो विश्वकपमा सो प्रविधिको प्रयोग गरिएको हो । २०१८ को  विश्वकपमा अहिलेसम्म १० पेनाल्टी दिइसकिएको छ । समुहचरणको एक तिहाइमात्र खेल सकिएको अवस्थामा विश्वकपमा १० पेनाल्टी दिइसकिएको छ ।

    विश्वकपको पहिलो पेनाल्टी स्पेन र पोर्चुगलको खेलमा दिइएको थियो । जसलाई क्रिस्टियानोल रोनाल्डोले गोलमा परिणत गरेका थिए । अष्ट्रेलिया र फ्रान्सको खेलमा दिइएको पेनाल्टीलाई एन्टोनी ग्रिजम्यानले गोलमा परिणत गर्दा सोही खेलमा माइल्स जेडिनाकले पनि पेनाल्टीमार्फत् गोल गरेका थिए । अर्जेन्टिनाका स्ट्राइकर लियोनेल मेस्सीले प्रहार गरेको पेनाल्टि आइसल्याण्डका किपरले रोकेका थिए ।
    पेरु र डेनमार्कको खेलमा क्रिस्टियन क्युभाले पेनाल्टीको अवसर खेर फालेका थिए । क्रोएसिया र नाइजेरियाको खेलमा लुका माड्रिकले पेनाल्टिबाट गोल गरेका थिए ।

    त्यसैगरी दक्षिण कोरिया र स्वीडेन, ट्निसिया र इंगल्याण्ड, जापान र कोलम्बिया र ईजिप्ट र रसियाको खेलमा पेनाल्टिमार्फत् गोल भएका थिए । जसमा तीन पेनाल्टिको निर्णय भीएआरबाट गरिएको थियो । भीएआरलाई गोल दिने -नदिने, पेनाल्टिको निर्णय, रातो कार्डको निर्णय तथा गलत निर्णयहरु सच्याउने अधिकार हुन्छ । (एजेन्सी)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…