• देबु बानियाँ झापा ।
    नेपाल जेसीजले हरेक महिना प्रदान गर्ने ‘जेसीज अफ द मन्थ’ अन्तरगतको मे महिनाको क्षेत्र ‘ख’ बाट कलैया सिटी जेसीज र क्षेत्र ‘ग’ बाट काठमाडौँ जेसीजले ‘जेसीज अफ द मन्थ’ अवार्ड प्राप्त गरेको छन् ।
    नेपाल जेसीजको विधान अनुसार हरेक क्षेत्रबाट सिफारिस भएर जाने उत्कृष्ट शाखाहरुलाई नेपाल जेसीजले ‘जेसीज अफ द मन्थ’ का रुपमा घोषणा गर्ने गरेको छ । यसै प्रावधान अनुसार कलैया र काठमाडौँले मे महिनाको उत्कृष्ट शाखाको अवार्ड प्राप्त गरेका हुन् । यी दुवै शाखा स्थापना .पछिको पहिलो पटक उत्कृष्ट शाखाको रुपमा अवार्ड प्राप्त गर्ने शाखा हुन् । बुधवार मात्र उत्कृष्ट शाखा घोषणा भएको खबर पाएका कलैया सिटी जेसीज वर्ष २०१८ का अध्यक्ष धनीलाल शाह सोनारले शाखाले जेसीजको नम्सभित्र रहेर गरेको कामको मुल्याङकन भएको बताए । उनले स्थापनापछिको पहिलो पटक पाएको यो अवार्डले आगामी दिन थप उर्जा मिलेको बताउँदै नेपाल जेसीजको राष्ट्रिय प्रकरणलाई सफल बनाउन अझ लागि पर्ने बताए ।
    काठमाडौँ जेसीजकी वर्ष २०१८ कि अध्यक्ष सिनेटर इनु थापाले पनि शाखाले पाएको अवार्डले थप उत्साह मिलेको बताइन् । उनले शाखालाई उत्कृष्ट बनाउन साथ र सहयोग गर्ने शाखाका सम्पूर्ण पूर्व अध्यक्ष, शाखाका सदस्यहरुलाई धन्यवाद दिइन् । उनले आफ््नो शाखाले गरेको कामको मुल्याङकन भएको बन्दै नेपाल जेसीजका पदाधिकारीहरुलाई समेत आभार व्यक्त गरिन् । यसैगरी ‘नेशनल अफिसर अफ द मन्थ’ को अवार्ड राष्ट्रिय उपाध्यक्ष रबिन पोखरेलले प्राप्त गरेका छन् । 

    क्षेत्र ‘ख’ बाट उत्कृष्ट शाखाका रुपमा सिफारिस भएर जाने नाम नेपाल जेसीजको सचिवालयमा ढिलो गरी पुगेकाले यस अघि यस अनलाइन खबरबाट क्षेत्र क र क्षेत्र घ को उत्कृष्ट शाखा सार्वजनिक गरिसकेको थियो । जसमा क्षेत्र क बाट वीरता जेसीज र क्षेत्र घ बाट बुटवल जेसीजले उत्कृष्ट शाखाको अवार्ड प्राप्त गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…