• काठमाडौं। रसियामा जारि विश्वकप फुटबलको समुह एको दोस्रो खेलमा उरुग्वेले साउदी अरेबियालाई १-० गोलले पराजित गर्दै दोस्रो चरणको बाटो तय गरेको छ।

    खेलको २३औं मिनेटमा लुईस स्वारेजले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए। उक्त गोल नै निर्णायक भएको थियो।

    यो बिजयसँगै उरुग्वे र आयोजक रसिया दोस्रो चरणकमा पुग्ने निश्चित भएको छ। रसिया र उरुग्वेले दुई खेलबाट ६-६ अंक प्राप्त गर्दै दोस्रो चरणको प्रवेश निश्चित भएको हो।

    समुह बिजेता र उपबिजेताको निर्णय भने रसिया र उरुग्वेको खेलको नतिजाले निश्चित गर्नेछ। दुई बिजको खेलमा एक बिजयी भएमा बिजयी टोली समुहमा प्रथम हुनेछ भने खेल बराबरीमा सकिएमा गोल-फरकको आधारमा रसिया समुह बिजेता हुनेछ।






सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…