• देबु बानियाँ झापा ।
    काभ्रे जेसीज र काभ्रे महिला जेसीजको संयुक्त आयोजनामा समुदायमा जेसीज अन्तर्गतको चौथो कार्यक्रमको रुपमा मा.वि. स्तरीय चित्रकला प्रतियोगिता । प्रतियोगितामा विभिन्न विद्यालयबाट ४५ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । चित्रकलाको नतिजा केही दिनमा सार्वजनिक गरिने र उनीहरुलाई पुरस्कार कार्यक्रम समापनको अवसरमा वितरण गरिने काभ्रे जेसीजका अध्यक्ष जेसी उमेश मानन्धरले बताउनु भयो ।

    शाखाका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी टेकराज रेग्मीको प्रमुख आतिथ्यता र काभ्रे जेसीजको अध्यक्ष जेसी उमेश मानन्धरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि रेग्मीले चित्रकला प्रतियोगिताले विद्यार्थीहरुले आफू भित्रको क्षमता उजागर गरि भविष्यमा चित्रकारिता भित्रको पनि विभिन्न क्षेत्रमार्फत अगाडि बढ्न विद्यार्थीहरुलाई हौसला प्रदान गर्नु भयो ।
    कार्यक्रमका निर्णायक काभ्रे जिल्लाका चित्रकार सहायक कर्माचार्यले सहभागिहरुलाई चित्रकला मार्फत पनि आफ्नो प्रतिभा प्रस्तुत गरि व्यवसायिक रुपमा अगाडि आउन सकिने जानकारी गराउनु भयो । कार्यक्रममा काभ्रे महिला जेसीजकी अध्यक्ष जेसी जमुना मानन्धरको उपस्थितिमा कार्यक्रम संयोजक जेसी सबिता बज्राचार्यले स्वागत मन्तव्य राख्नु भएको थियो भने महासचिव जेसी भगवती श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…