• काठमाडौं, १० असार । विश्वकप २०१८ अन्तर्गत आइतबार हुने दोश्रोे खेलमा एसियाली राष्ट्र जापान र अफ्रिकी राष्ट्र सेनेगल खेल्दैछन् । नेपाली समय अनुसार राती ८ः४५ मा शुरु हुने समुह ‘एच’ को यो खेल रसियाको एकतिरेनबुर्ग शहरमा हुँदैछ ।

    पहिलो खेलमा विजयी भएका जापान र सेनेगलको दुबैको लागि आजको खेल विशेष महत्वपूर्ण छ । आजको खेलमा विजयी हुने टोलीको अर्को चरणमा स्थान पक्का हुनेछ भने हार्ने टोलीको भविष्य अनिश्चीत । यस्तोमा दुबै टोलीको एउटै लक्ष्य यो खेलमा विजयी हुनु नै हुनेछ ।

    जापानले पहिलो खेलमा कोलम्बीया जस्तो बलियो प्रतिद्वन्दीलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । कोलम्बीयाको खेलाडिले सुरुमै रातो कार्ड पाएकाले १० खेलाडिमा सिमित कोलम्बीयासँग जापानले खेल्न पाएको मौकाको सदुपयोग गर्दै महत्वपूर्ण ३ अंक हासिल गरेको थियो ।

    जापानका कोच अकिरा निशिनो पहिलो खेलमा टोलीको प्रदर्शनबाट सन्तुष्ट भएकाले पनि आजको खेलमा सोही सुरुवाती ११ बाट खेल सुरु गर्ने तयारीमा छन् । जापानको मुख्य शक्ति नै एकबद्ध भएर खेल्नु भएकोले पनि आजको खेलमा सेनेगलसँग सोही ‘स्पीरिट’ मा जापानीहरु मैदानमा उत्रने बताइएको छ । डिफेन्डरहरु जेन शोजी र मया योशिदाले रक्षापंक्ति सम्हाल्नेछन् । आजको खेलमा धैर्य धारण गर्न सकेमा जापानको राम्रो सम्भावना रहेको छ ।

    अर्कोतर्फ पहिलो खेलमा पोल्याण्ड जस्तो बलियो टोलीलाई २–१ गोल अन्तरले हराइ विश्व फुटबललाई चकित बनाएको सेनेगलको पनि आजको खेलमा सोही उत्कृष्ट प्रदर्शनलाई दोहोराएर नकआउट चरणमा पुग्ने लक्ष्य रहेको छ ।

    उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेको सेनेगलले आजको खेलमा जापान विरुद्ध कडा प्रस्तुती दिने विश्वास गर्न सकिन्छ । पोल्याण्ड विरुद्धको खेलमा जस्तै अनुशासन र स्वभाव देखाएमा आजको खेलबाट ३ अंक निकाल्न सेनेगल सक्षम छ ।

    त्यस्तैगरी सेनेगलले हालसम्म खेलेको विश्वकपको ४ खेलमा अपराजित रहेको छ । आजको पाँचौ खेलमा सो किर्तिमानलाई निरन्तरता दिने प्रयास सेनेगलको हुनेछ ।

    आजको खेलमा हार्ने टोलीका आगामी चरणको यात्रा कठिन हुनेछ भने बराबरी भएका सबै टोलीको सम्भावना बढेर आउनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…