• काठमाडौं, १० असार । विश्वकप २०१८ अन्तर्गत आइतबार हुने पहिलो खेलमा इंग्ल्याण्ड र पनामा खेल्दैछन् । नेपाली समय अनुसार साँझ ५ः४५ मा शुरु हुने समुह ‘जी’ को यो खेल रसियाको निझ्नी नोभ्गोरद शहरमा हुँदैछ ।

    पहिलो खेलमा ट्युनिसिया विरुद्ध कठिन जित हात पारेको इंग्ल्याण्डले आजको खेलमा पनामालाई हराएर नकआउट चरणमा स्थान बनाउन प्रयासरत छ । इंग्ल्याण्डको अर्को खेल बेल्जियमसँग हुने भएकोले पनि इंग्ल्याण्ड आजको खेलबाटै ढुक्क भइ बस्न चाहिरहेको छ ।

    पहिलो खेलमा ट्युनिसिया विरुद्ध गोल गर्ने १७ अवसर सृजना गरेर पनि फिनसिङमा फितलो देखिएको इंग्ल्याण्डको आजको खेलमा उक्त गल्ती सुधार्न प्रयासरत हुनेछ । त्यस्तै पहिलो खेलमा अन्तिम समयमा गोल प्रहार गर्दै ट्युनिसियाको चुनौती पन्छाएको इंग्ल्याण्डले आज पनामालाई कमजोर नआँक्ने बताएको छ । इंग्लीश प्रिमियर लिगमा सफल खेलाडीहरुको बाहुल्य रहेको यो टोलीले आज पुनः एउटा स्तरीय खेल पस्कनेमा ढुक्क हुन सकिन्छ ।

    अर्कोतर्फ पहिलो विश्वकप खेलिरहेको पनामाको लागि आजको खेलबाट अंक हासिल गरि विश्व फुटबलमा स्थापित हुने लक्ष्य लिएको छ ।

    गोल गर्ने विधामा उत्कृष्ट नदेखिएपनि डिफेन्सको मद्दतले इंग्ल्याण्डलाई रोकि विश्वकपको पहिलो गोलको खोजीमा हुने पनामाले आजको खेलमा पछि नहट्ने प्रवृत्ति देखाउने अवसर पाएको छ र यसको पुरा सदुपयोग गर्ने कुरामा विश्वस्त हुन सकिन्छ ।

    पहिलो खेलमा बेल्जियमसँग पराजित भएको पनामाले उक्त हार बिर्सी बलियो इंग्ल्याण्ड विरुद्ध खेलेमा आज विश्व फुटबलमा नयाँ अध्याय सुरु हुन सक्छ ।

    आजको खेलमा पराजित भएमा पनामा यो विश्वकपबाट आउट हुनेछ भने बराबरी मात्र भएमा पनि अर्को चरणमा पुग्ने आशा बाँकि रहन्छ । ट्युनिसिया प्रतियोगिताबाट बाहिरिइ सकेको अवस्थामा आजको खेल दुबै टोलीको लागि महत्वपूर्ण छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…