• पथरीशनिश्चरे, १० असार  । मोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष ०७५÷७६ का लागि ६० करोड २९ लाख २७ हजार रुपैयाँको अनुमानित वजेट प्रस्तुत गरेको छ ।

    नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा आज भएको तेस्रो नगरसभामा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नीति, कार्यक्रम सहितको सो वजेट प्रस्तुत गर्नुभएको हो । जसमा, नगरले आफ्नो हिसावले खर्च गर्न नपाउने ‘सशर्त’ शिर्षकमा १७ करोड ११ लाख र निशर्तमा वित्तिय समानिकरणतर्फ १५ करोड ८५ लाख गरी संघबाट ३२ करोड ९६ लाख रुपैयाँ अनुदान प्राप्त भएको छ । सशर्तका रुपमा १० करोड ७० लाख ४६ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता छुट्टिएर आएको छ । प्रदेशबाट समानिकरण अनुदान ४२ लाख २३ हजार प्राप्त हुने उल्लेख छ ।

    सवारी साधन कर वाँडफाँडबाट १ करोड ३६ लाख ९२ हजार र आन्तरिक आय स्रोतबाट ४ करोड ६ लाख अनुमान गरिएको छ । सडक बोर्डबाट ४० लाख, एलजीसीडीपी कार्यक्रमको ७ लाख १७ हजार, गरिवसंग विश्वेश्वर कार्यक्रमको ४ लाख २९ हजार तथा जनसहभागिताबाट १ करोड ५ लाखको अनुमानित वजेट रहेको छ ।

    सशर्त वाहेकको सवैगरी ३० करोड ९१ लाख ३५ हजार मध्ये ९ करोड २१ लाख २० हजार चालु खर्चमा छुट्याई वाँकी २१ करोड ७० लाख १५ हजार रुपैयाँ विकासमा वाँडफाँड गरिएको वजेट विवरणमा उल्लेख छ । त्यसमध्येबाट १० वटा वडाका लागि ८५ लाखका दरले ८ करोड ५० लाख तथा वाँकी १३ करोड २० लाख १५ हजार पूँजीगत रकमबाट २२ वटा शिर्षकमा वजेट विनियोजन गरिएको कुरा सभामा पेश भएको छ ।

    वडागत वजेट सिलिङ तोकिएपनि रकम वाँडफाँडको सवै योजना वनिनसकेको र नगरस्तरका योजनाहरुको शिर्षक तय भएपनि त्यसभित्रको वजेट वाँडफाँड वाँकी रहेको छ । असार २३ गतेको सभाले दुवैतहको विस्तृत विवरण तयार गरी पारित गर्ने निर्णय भएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…