• उर्लाबारी असार १०

    उर्लाबारी —९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले मोरङको रतुवामाई १० स्थित महेन्द्र माध्यमिक विद्यालयलाई वाल उद्यानका समाग्री सहयोग गर्नुभएको छ ।
    आज विद्यालयमा एक कार्यक्रमका विच उहाँले २० हजार बराबरको पिङ र पिङमै जोडिएको चिप्लेटीको समाग्री सहयोग गर्नुभएको हो ।

    उक्त समाग्री उहाँले विद्यालयका प्रधानाध्यापक चिरिन्जिवी निरौलाई हस्तान्तरण गर्नुभएको छ ।
    वाल कक्षामा अध्ययनरत विद्यार्थीहरु खेलसँगै पढाईमा र विद्यालय आउन आकर्षित हुन भनेर सहयोग गरेको श्रेष्ठले बताउनुभयो ।


    विद्यालय परिवारले सक्ने केहि सहयोग गरिदिनु भनेपछि मनका धनि श्रेष्ठले वालकक्षालाई सहयोग गर्नुभएको हो । श्रेष्ठले आगामि दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले सामुदायिक विद्यालयको पठन पाठनको स्तरोउन्नती गर्नुपर्ने समेत सुझाप दिनुभएको छ ।

    विद्यालयका प्रधानाध्यापक निरौलाले सहयोगी दाता श्रेष्ठलाई सहयोग प्रति धन्यवाद ब्यक्त गर्दै विद्यालयलाई नमुना विद्यालय बनाउनका लागि श्रेष्ठको सहयोगको पनि महत्वपूर्ण भुमिका रहने बताउनुभयो । कार्यक्रमको सन्चालन विद्यालयका शिक्षक महेन्द्र खुलालले गर्नुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…