• झापा, १० असार । बिर्तामोड नगरपालिकाले आब ०७५। ०७६ को बजेटमा कृषि, शिक्षा र सहकारी क्षेत्रको प्रबर्धन र बिकासमा केन्द्रित नीति तथा कार्यक्रमलाई बिशेष प्राथमिकता दिँदै ८० करोड १७ लाखको प्रताबित सार्बजनिक गरेको छ ।
    दोस्रो नगर सभामा बजेट, नीति तथा कायृक्रम प्रस्तुत गर्दे नगर प्रमुख ध्रुबकुमार शिबाकोटीले मूलतः शिक्षा, सहकारी र कृषिमा केन्द्रित बिकासका योजना र स्वास्थ्य, पर्यटनजस्ता क्षेत्रमा लागानी बढाइएको जानकारी दिनुभयो ।
    बिर्तामोड नगरपालिकाका प्रबक्ता तथा बडा नं १ का अध्यक्ष अग्निप्रसाद पाण्डेका अनुसार गत बर्षको तुलनामा शिक्षामा ६४ प्रतिशत बजेट बृद्धि गरी २ करोड ३४ लाख २० हजार पुर्याइएको छ भने कृषि क्षेत्रमा नगरप्रमुख बिषादिमुक्त कार्यक्रम र सहकारी क्षेत्रको बिकासका लागि स्मार्ट कोअपरेटिभ मार्केट निर्माणदेखि झापा कोप स्टान्डर्ड लागू गर्नेसम्मका कार्यक्रम समेटिएका छन् ।
    प्रमुख शिबाकोटीद्धारा प्रस्तुत कार्यक्रममा शिक्षाको गुणस्तर कायम गर्नका लागि बिद्यालयलाई सहयोगसँगै अबकास लिन चाहने शिक्षकलाई गोल्डेन ह्याण्डसेकसम्मका योजना छन् भने स्वास्थ्यमा नगर उप प्रमुख महिला सुरक्षा कार्यक्रम,सहकारीमा ऋण लिएर ऋण नतिर्नेलाई कालो सूचीमा राखेर सुबिधाबाट बन्चित गराउनेसम्मका नीतिगत योजना प्रस्तुत गरिएको छ ।
    नगरसभामा बजेट पेश गर्दे उप प्रमुख पबित्रादेबी महतारा प्रसाईले कतिपय गत बर्षका योजनाका निरन्तरता र केही नयाँ योजनाका साथ ८० करोड १७ लाख ७८ हजारको बजेट पेश गर्नुभयो । नगर सभालाई सम्बोधन गर्दे बडा नं ३ का अध्यक्ष तथा नेपाली काँग्रेस नगर सभापति भोजराज सिटौलाले नगरका बिकासका योजनामा राजनीति नगर्ने र बिकासका काममा एक भएर लाग्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…