• झापा, १० असार । मेची राजमार्ग अन्तर्गत बुद्धशान्ति— ३ मा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार इलामबाट झापातर्फ आउदै गरेको मे ७ प ४१८२ नम्बरको मोटरसाइकललाई सोहि दिशातर्फबाट आउदै गरेको बा १ क ६१८१ नम्बरको टिपरले ठक्कर दिदा बुद्ध शान्ति —४ का २४ वर्षीय लक्ष्मण खतिवडाको घटनास्थलमै मृत्यु भएको हो । सोहि ठाउँका २५ वर्षीय साहिर शेर्मा लिम्बु घाइते छन् ।

    उनको विर्तामोडस्थित वीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक खतिवडा मोटरसाइकल चालक तथा घाइते लिम्बु मोटरसाइकलमा सवार थिए । टिपर तथा मोटरसाइकल इलाका प्रहरी कार्यालय बुधबारेको नियनत्रणमा छ भने टिपर चालक फरार रहेको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…