• देबु बानियाँ झापा ।
    धुलावारी । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले अबको ५ वर्षभित्रमा नेपालको कृषिक्षेत्रमा पर निर्भरताको अन्त्य गर्ने बताएका छन् ।
    मेचीनगर नगरपालिकाको दोस्रो नगरसभालाई आइतवार धुलावारीमा सम्बोधन गर्दै मन्त्री आङ्बोले नेपाल कृषि प्रदान देश भएर पनि अरुको भरमा बाँच्नु परेकोले यसको अन्त्यका लागि परनिर्भर अन्त्य गर्न पनि प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको बताए ।
    कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आङ्बोले कृषिलाई आधूनिकीकरण र व्यावसायिक कृषि प्रणालीमा लैजाने बताए ।
    अहिलेसम्म प्रदेश र राजधानीका नाम टुङ्गो नलाग्नु दुर्भाग्य रहेको बताउँदै मन्त्री आङ्बोले सहमती र सहकार्यमा प्रदेशको नामाङ्कन हुने कुरामा ढुक्क हुन मेचीनगरबासीलाई आग्रह गरे ।
    कार्यक्रममा प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, गोपालचन्द्र बुढाथोकी, राधा थापा, संविधान सभा सदस्य उषा गुरुङ नेपाल कम्यूनिष्ट पार्टीका देवकुमार राई, प्रकाश भण्डारी, नेपाली कांग्रेसका जिल्ला उपसभापति राम कट्टेल संघीय समाजवादी फोरम नेपालका धनप्रसाद गुरुङलगायतल बोलेलगायतले मेचीनगरले विकासको गत लिएको बताउँदै अबको ५ वर्षभित्रमा समृद्ध नगर निर्माणमा लाग्न आग्रह गरे ।

    नगरप्रमुख विमल आचार्यले आर्थिक वर्ष २०७५÷२०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रमुख आचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्थानीय सरकार सञ्चालनको अभ्यास, कृषि, पर्यटन, भौतिक पूर्वाधार, योजना छनौट तथा स्वीकृती, वडा योजना तथा कार्यक्रम, नगरका गौरवका योजना तथा कार्यक्रम, समावेश गरिने, लागत सहभागिता सम्बन्धि नीति, विषयगत क्षेत्र सम्बनिध नीतिहरुलगायतका विषय समेटिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…