• भद्रपुर १० असार । प्रदेश नं १ का आन्तरिक मामिला तथा कनुन मन्त्री हिक्मत कार्कीले भद्रपुर नगरपालिकालाई प्रदेश सरकारको तर्फ वाट आफुले पुर्ण सहयोग गर्ने प्रतिवद्धता व्याक्त गरेका छन् ।
    भद्रपुर नगरपालिकाको दोस्रो नगर सभालाई भद्रपुरमा आइतवार उद्घाटन गर्दै मन्त्री कार्कीले नगरको स्तरउन्नति संगै सम्पुर्ण विकास निर्माणमा आफु र प्रदेश सरकारले पुर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए । मन्त्रि कार्कीले चन्द्रगढीमा रहेको प्रशिक्षण केन्द्रलाई प्रादेशिक तालिम केन्द्रको रुपमा प्रयोग गर्ने ,चन्द्रगढी विमानस्थलको स्थरउन्नती गरी हवाई रुट मिलाएर अन्तरराष्टिय एरपोट बनाउने मेची अञ्चल अस्पताललाई मेडीकल कलेजको रुपमा विकास र विस्तार गर्ने मेचि क्याम्पस लाई कुनै एक विषयमा प्राविधिक विषयको कलेजको रुपमा विकास गर्ने नगरपालिकालाइ औधोगिक क्षेत्रको रुपमा विस्तार गर्न समेत आफु र प्रदेश सरकारले संभाव्यताको अध्यायन गरि रहेको वताउदै त्यसको लागी छिटो कार्यन्वयन गर्न समेत आफु लागि परेको वताए ।

    मन्त्रि कार्कीले अवको २ वर्ष भित्र भद्रपुर देखी विराटनगर सम्मको हुलाकी राजमार्गलाई कालो पत्रे गरि सक्ने योजनामा प्रदेश सरकार रहेको वताउदै समयमा काम नगर्ने ठेकेदारहरुलाई कारवाहि गरेर छाड्ने प्रतिवद्धता समेत व्यात्त गरे ।

    उनले मेची पुलको संचालन गर्दै किच्चकब तथा कचनकवल जस्ता क्षेत्रहरुको विकास र प्रवद्र्धन गर्दै अगाडी वढ्न नगपालिकालाई आग्रह गर्दै नगरपालिकाले नगरको जुनसुकै विकास निर्माणका कार्यहरुमा डि पी आर तयार गरेर योजना सहित नगरपालिकाका जनप्रतिनिधहरु आफु र प्रदेश सरकार संग आएमा आफुले सहयोग गर्ने प्रतिवद्धता समेत व्याक्त गरे ।

    कार्यक्रममा प्रदेश सांसदहरु ओम प्रकाश सरावगी तथा वसन्त वाँनीयाले वोल्दै मेची पुल संचालन ,सडकको विस्तार तथा मेची अंचल अस्पतालको स्तरउन्ति लगाएतका क्षेत्रमा नगरपालिकाले पहल गर्नु पर्नेमा जोड दिए ।

    सो अवसरमा नगर प्रमुख जीवनकुमार श्रेष्ठले भद्रपुर नगरपालिका को आव ०७५।०७६को लागी नगरपालिका मा कृषि व्यापार उघोग पर्यटन को विकास गर्ने शिक्षा स्वस्थ्यका पुर्वाधारको विकास गर्ने व्यवस्थित वसोवास वातावरण सन्तुलन सामाजिक धार्मिक लगायका विविन्न क्षेत्र हरुको विकास र विस्तार गर्ने लगाय लाइ समेटेर वनाइएको बार्षिक योजना निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

    उप प्रमुख चन्द्रमाया श्रेष्ठले नगरपालिकाको ७२ करोड ३८ लाख १७ हजार विनियोजीत वजेट सहितको निति तथा कार्यक्रमको सार्वजानीक गरेकी थिइन् । जस्को आम्दानि मा आन्तरिक श्रोत बाट ४करोड ४२ लाख ५ हजार ,राजस्व बाट १० करोड ४६ लाख ५७ हजार चालु आव को वचत १ करोड, जिल्ला समन्वय समिति बाट १करोड,नेपाल सरकार वित्तीय समानीकरण अनुदान बाट १७ करोड ४९ लाख,प्रदेश सरकार वाट ५० लाख, नेपाल सरकार सर्शत अनुदान बाट १९करोड २ लाख,प्रदेश सरकार शर्सत योजनागत अनुदान वाट १करोड,सामाजिक सुरक्षा भत्ता वाट १२ करोड सडक वोड बाट १ करोड, नेपाल सरकार अन्य सर्शत अनुदान वाट ७३ लाख ५५ हजार योजनामा लागत सहभागिता बाट ३ करोड ५० लाख र खुल्ला दिशा मुक्त विकास कार्यक्रम बाट २५ लाख पाप्त हुने अनुमान गरिएका छ। नगरको कृषि ,पर्यटन औेधोगीक विस्तार ,पुर्वाधार विकास ,स्थानीय सुशासन ,डि पी आर तयारी लगाएतका योजनाहरुलाई कार्यन्वयन गरिने वताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…