बिष्णुप्रसाद भण्डारी अछाम ।
अछाम जेसीजको पाँचौ स्थापना दिवस विभिन्न कार्यक्रम सहित मनाईएको छ । यस अवसरमा जेसीज बारे पुर्व परिचयात्मक कार्यक्रम सहित रक्त दाताहरुको रगत परिक्षण समेत गरिएको छ । अछाम जेसीज बर्ष २०१८ का अध्यक्ष जेसीज खेमराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा फुलवारी जेसीजका अध्यक्ष बिरसिंह महरा, डोटी जेसीजका अध्यक्ष हेमराज जोशी, फुलवारी जेसीजका तालिम संयोजक बिकास नेपाली लगायतको उपस्थिति रहेको थियो । तालिमको सहजीकरण फुलवारी जेसीजका अध्यक्ष महराले गर्नुभएको थियोे । अछाम जेसीज बर्ष २०१८ का तालिम संयोजक बिन्दु रावलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन महासचिव बिष्णुप्रसाद भण्डारीले गर्नुभएको थियोे । कार्यक्रममा अछाम जेसीज बर्ष २०१८ का कानुनी सल्लाहकार ईश्वर रावलले जेसीज आस्था पाठ गराउनुभएको थियो । 
  
  
  
 
 
                                
 
                                                    
                                                 
                            
                         
                            
                         
                            
                        