• अभिमनुकुमार पटेल, रौतहट, १० असार, वडाअध्यक्षले पुरानो रिसबीले सडक विस्तारको नाममा आफ्नै वडाका एकै परिवारका ४ जना माथि धारिलो हतियार प्रहार गरेका छन् । रौतहटको बौधिमाई नगरपालिकाको वडा नं.– ७ का वडा अध्यक्ष विजय कुशवाहले सडक विस्तार गर्नको लागि जबर्जस्ती डोजर चलाएर खेतबाट माटो खनिएको विषयमा विवाद हुँदा धारिलो हतियार प्रहार गरी आफ्नै मतदातालाई गम्भीर घाइते बनाएका हुन् ।

    खेत अगाडि सडक विस्तार गर्न कागजाती हिसाबले पनि सबै ठाउँ भन्दा बढी चौडा रहेको भनी जग्गा धनी शिव गोविन्द कुशवाहले १ महिना अगाडि रोक लगाएका थिए । रोक्काको लागि जिल्ला अदालतबाट आदेश पत्र पठाई सो विवादित कामलाई हेर्नका लागि प्रहरी चौकी बंकुलका प्रहरी पूर्वइन्चार्ज दिनानाथ यादवको नेतृत्वमा टोली पनि खटाइएको थियो । तर त्यो बेला पनि वडाअध्यक्ष कुशवाहाले कुनै वास्ता नगरी ईन्चार्ज यादवसँग समेत झगडा गरेको पीडित गोविन्दले बताए ।

    केही दिन यता धेरै विवाद पश्चात सडक विस्तार कार्य रोकिएको थियो । पूनः सोही विषयलाई लिएर हिजो सडक ढलाईको बेला पीडित शिव गोविन्द कुशवाहले विवाद मिलाएपछि मात्र काम अगाडि बढाउनु होला भनेपछि विवाद भएको थियो । वडाअध्यक्ष कुशवाहले ५० जनाको समूहमा आएर शिव गोविन्द कुशवाहा, महानन्द कुशवाहा, रामेश्वर कुशवाहा लगायत ४ जनालाई धारिलो हतियार प्रहार गरी ज्यान लिने गरी टाउको र शरीरको विभिन्न भागमा गम्भिर घाउ बनाएको पीडितहरुले बताएका छन् ।

    वडाअध्यक्ष विजय कुशवाह गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए । जुन आशले स्थानीयहरुले भोट दिएका थिए ठिक त्यसको विपरीत काम गर्न थालेको र दिनहुँ आतङ्क सिर्जना गर्न थालेपछि आफ्ना जनप्रतिनिधिसँगै त्रसित बन्नु परेको स्थानीयले बताएका छन् । आजको खबर डटकम बाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…