• काठमाडौं,११ असार । तीनवटा राप्रपाबीच एकीकरण गरेर एउटै पार्टी निर्माण गर्ने अभियान करिब करिब तुहिएको छ । आफू अध्यक्ष हुने अवस्थामा बाहेक पार्टी एकीकरण नगर्ने अडान तीनवटै राप्रपाका अध्यक्षले राखेका छन् ।

    यतिबेला कुनै फुर्के नझुन्ड्याइएको राप्रपाको अध्यक्ष पदमा कमल थापा छन् । राप्रपा प्रजातान्त्रिकको अध्यक्ष पदमा पशुपतिशंशेर राणा छन् । एकीकृत राप्रपा राष्ट्रवादीको अध्यक्ष पदमा डा।प्रकाशचन्द्र लोहनी छन् ।

    यसबाहेक राप्रपामा रहेका पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र राप्रपा प्रजातान्त्रिकमा रहेका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल थापाको हैसियत पनि पूर्वपञ्चहरूबीच बलियै मानिएको छ ।

    समाचार स्रोतका अनुसार तीनवटा राप्रपाको एकीकरणले मात्रै केही हुन नसक्ने भएकाले नेपाली कांग्रेससहितको बृहत् लोकतान्त्रिक पार्टी निर्माण गर्नुपर्ने अभियान सुनिल थापाले सुरु गरेका छन् ।

    थापाले सुरु गरेको यो अभियान राणा, कमल थापा र डा।लोहनीका लागि मुख्य टाउको दुखाइएको विषय भएको छ ।

    कमल थापा र डा।लोहनीले भन्ने गरेका छन्– ‘गणतन्त्रको लाइन त्यागेर हिन्दु अधिराज्यको लाइन लिन नेपाली कांग्रेस तयार हुने हो भने आँखा चिम्लेर एकीकरण गर्न सकिन्छ, यस्तो अवस्थामा हामी नेपाली कांग्रेसमा विलय भए पनि केही फरक पर्दैन, तर गणतन्त्र र धर्मनिरपेक्षता स्वीकार गरेर नेपाली कांग्रेससँग पार्टी एकीकरण गर्न सम्भव छैन ।’

    तर सुनिल थापाले भने गणतन्त्रको लाइन छाडेर अब कुनै पनि पार्टी अघि बढ्न नसक्ने भएकाले कांग्रेसबाट त्यस्तो अपेक्षा नगर्न आफ्ना नेताहरूलाई सुझाव दिने गरेका छन् ।

    समाचार स्रोतका अनुसार नेपाली कांग्रेसका युवा नेताहरूसँगको भेटघाटलाई सुनिल थापाले केही दिनयता निकै तीव्रता दिएका छन् । यस विषयमा राप्रपाभित्र रमाइलो जोक पनि हुने गरेको छ । एक जमघटमा अध्यक्ष राणालाई कसैले सुनिल थापाको गतिविधिप्रति जानकारी छ ? भनेर सोधेको थियो ।

    राणाले भने– ‘किन थाहा नहुनु ? भारतीय दूतावासले सूर्यबहादुर थापा ट्रस्टको नाममा ६ करोड रुपैयाँ दिएको छ, त्यही पैसा सुनिलले कांग्रेसका कार्यकर्ता पोस्दै छ ।’

    कांग्रेस प्रवेश गरी आफ्नो हैसियत स्थापित गराउने वातावरण मिलाउन सुनिल थापाले व्यापक पैसा खर्च गर्ने गरेको र यो रकम भारतीय दूतावासबाट आउने गरेको चर्चालाई राप्रपाभित्र व्यापक बनाइएको छ ।

    यो चर्चापछि राप्रपाका केही नेताहरूले सुनिल थापाको निवासमा को को कांग्रेस पस्छन् भन्ने चियोचर्चो गर्न थाले । यो चियोचर्चोपछि सुनिल थापा मालीगाउँ छाडेर अन्यत्रै बस्न थालेको तरुणले जनाएको छ । तर अन्यत्रै सर्दा पनि राणाले सुनिल थापाको गतिविधिमाथि चियोचर्चो गर्न छाडेका छैनन् ।

    केही दिनअघि कांग्रेसका एक युवा नेता सुनिल थापाको निवासमा छिरेको सूचना पाएपछि राणाले सुनिल थापासँग सोधेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…