काठमाडौं । रुस विश्वकप फुटबलको समूह ए को अन्तिम चरणका खेलहरु सोमबार हुन गइरहेका छन् । राति पौने ८ बजे समुह एका दुई खेलहरु हुन गइरहेका हुन् । यो समुहबाट माथिल्लो चरणमा पुग्ने टोलीहरुको टुङ्गो लागिसकेको अवस्थामा शनिबार हुने खेल चारै टोलीहरुका लागि प्रतिष्ठाको लडाइँ मात्र हुनेछ ।
समूह ए बाट साउदी अरेबिया र इजिप्ट बाहिरिइसकेका छन् । दुवै टोलीले घरेलु टोली रसिया र उरुग्वेसँग हारको सामना गरेसँगै यो प्रतियोगिताबाट बाहिरिएका हुन् । साउदी अरेबियाले रुससँग ५–० को हारको सामना गरेको थियो भने उरुग्वेसँग १–० को हारको सामना गरेको थियो । इजिप्टले पनि उरुग्वेसँग १–० को हारको सामना गर्दा रुसले उसलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।
इजिप्टलाई माथिल्लो चरणमा पुग्ने सम्भावना बोकेको टोलीको रुपमा हेरिए पनि यो टोली समुह चरणबाट बाहिरिने पक्का भइसकेको छ । यस्तोमा साउदीविरुद्ध राम्रो प्रदर्शन गरेर आफूलाई साबित गर्ने मौका इजिप्टसँग रहेको छ । सोही समयमा रुस र उरुग्वेको बीचमा पनि प्रतिस्पर्धा हुनेछ ।
यो खेलले समुह विजेताको टुङ्गो लगाउनेछ । जसको कारण यो खेल उनीहरुको लागि महत्वपूर्ण हुनेछ । यो खेलमा जित हासिल गरेको खण्डमा माथिल्लो चरणको खेल तुलनात्मक हिसाबमा केही सहज टोलीसँग पर्नेछ भने यो खेल बराबरीमा सकिएको खण्डमा रुस समुह विजेता बन्नेछ ।
यद्यपि प्राविधिक हिसाबमा सोमबारको खेलमा उरुग्वे केही बलियो अवस्थामा देखिन्छ । यद्यपि दोस्रो चरणमा पुग्ने निश्चित भइसकेको कारण यो खेलमा दुवै टोलीले आक्रामक सोचका साथमा मैदानमा नउत्रिन पनि सक्छन् । यो समुहबाट माथिल्लो चरणमा पुग्ने टोलीले सम्भवतः स्पेन वा पोर्चुगलको सामना गर्नुपर्ने हुन्छ । त्यसैले यो खेलको नतिजाले माथिल्लो चरणमा धेरै ठुलो असर भने नपार्ने देखिन्छ । सोमबारको खेल जितेको खण्डमा भने टोलीमा केही आत्मविश्वास बढाउनका लागि भने सहयोग पुग्नसक्छ ।