• क्रोएसियासँगको हारसँगै अर्जेन्टिनाको टोलीमा विवाद देखिएको छ । शनिबार टोलीमा केही विवाद देखिएको हो । टोलीमा अहिले देखिएको विवादसँगै प्रशिक्षक जर्ज सम्पाओलीको महत्वपूर्ण अधिकारहरु कटौती भएको छ ।

    अर्जेन्टिनाको लागि निकै महत्वपूर्ण मानिएको मंगलबार हुन गइरहेको नाइजेरियासँगको खेलमा खेलाडीहरुको छनोट लियोनेल मेस्सी तथा अन्य खेलाडीहरुले गर्ने भएका हुन् । रुस विश्वकप अर्जेन्टिनाका स्ट्राइकर लियोनेल मेस्सीका लागि अन्तिम अवसर रहेको कारण समुहचरणको अन्तिम खेलमा उनी र अन्य खेलाडीहरुले नै टोलीको छनोट गर्नेछन् ।

    साम्पाओलीको प्रशिक्षणमा आइसल्याण्डसँग बराबरीमा रोकिएको टोलीले क्रोएसियासँग ३–० को फराकिलो हारको सामना गरेसँगै उनको प्रशिक्षणको विषयमा आलोचना भएको हो । अधिकारीहरुले आगामी खेलमा उनले चाहेको खण्डमा बेन्चमा बस्नसक्ने तर उनले नचाहेको खण्डमा उनलाई बेन्चमा पनि नराखिने बताएका छन् ।

    शनिबार राति अर्जेन्टिनाका फुटबल संघका अध्यक्षसँग सापाओलीले वार्ता गरेका थिए । यो वार्तापछि उनले आफ्नो पदमा रहिरहने संकेत गरेका छन् । नाइजेरियासँगको खेलका लागि खेलाडी छनोट गर्ने जिम्मा सम्भवतः टोलीका सिनियर खेलाडीहरु लियोनेल मेस्सी र ज्याभियर मास्केरानोले पाउनसक्ने बताइएको छ ।

    अर्जेन्टिनाको लागि समुहमा दोस्रो स्थान हासिल गर्नका लागि नाइजेरियासँगको खेलमा कुनै पनि अवस्थामा जित हासिल गर्नु जरुरी रहेको छ भने आइसल्याण्ड र क्रोएसियाबीचको खेलमा पनि भर पर्नुपर्ने हुन्छ ।

    गत विहीबार अर्जेन्टिना क्रोएसियासँग ३–० गोल अन्तरले पराजित भएको थियो । यससँगै अहिले समुह डी मा रहेको अर्जेन्टिना चौथो स्थानमा रहेको छ । माथिल्लो चरणमा प्रवेश गर्नका लागि नाइजेरियासँगको खेल निकै महत्वपूर्ण हुनेछ । (एजेन्सी)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…