• काठमाडौं – नेपाल तरुण दलले केपी ओली नेतृत्वको सरकारले गरेका गलत निर्णयको विरोधमा यही असार १३ गते दिउँसो २ बजे राजधानीको रत्नपार्कमा भण्डाफोर कार्यक्रम गर्ने भएको छ।

    कार्यक्रममा तरुण नेताहरुको विशेष सम्बोधनसँगै चर्चित कलाकार, कवि, साहित्यकार, पत्रकार र नागरिक समाजका अगुवाहरुले दबाब अभियान सञ्चालन गर्ने तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले जनाएका छन्।

    केन्द्रीय समितिको निर्णय अनुसार देशैभरि प्रशिक्षणको महाअभियान भर्खरै सम्पन्न गरेको नेपाल तरुण दलले संगठनलाई थप मजबुद र सशक्त बनाउन विभिन्न कार्यक्रम र अभियान सञ्चालन गरिरहेको छ।

    सोही क्रममाअसार १३ गते  सरकारले गरेको मूल्यबृद्धि, अदालतको अपहेलना, प्रेसमाथि हस्तक्षेप, सरकारको निरंकुश चरित्र, ओली सरकारको गलत क्रियाकलाप र  रबैयाको भण्डाफोर गर्न देशैभरि विरोध सभा तथा मुख्य चोकमा कोण सभा गरिने नेपाल तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीले जानकारी दिएका हुन्।

    युवा संवाद नागरिक सद्भाव अभियान अन्तर्गत सरकारले गरेको मूल्यवृद्धि, अदालतको अपहेलना, प्रेसमाथि हस्तक्षेप तथा अन्य अराजनीतिक क्रियाकलापको विरोधमा देशव्यापी आन्दोलनको घोषणा गरिएको शाहीले जनाएका हुन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…