इटाभट्टा । युवाहरुलाई लक्षित मेचीनगरको इटाभट्टामा सुविधासम्पन्न स्नोकर पुल हाउस खुलेको छ ।
स्थानीय युवा व्यवसायीहरु बालकृष्ण ढुङ्गाना र कञ्चन बरालले १० लाखको लगानीमा सञ्चालनमा ल्याएको उक्त स्नोकर हलको उद्घाटन एभरेष्ट बोडिङ स्कुलका विद्यार्थीहरु कृषा ढुङ्गाना, मानुसी अधिकारी र रोमिशा बरालले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका थिए ।
स्नोकर खेल्ने खेलाडीहरुका लागि विभिन्न सुविधाहरु समेत रहेका छन् । एसि सहित हल, फ्रि वाइफाइ र एलइडीका व्यवस्था गरिएको सञ्चालक बालकृष्ण ढुङ्गानाले बताए । कफि, आइसक्रिमको व्यवस्था पनि गरिएको छ । इटाभटास्थित सिटी सिनेमा हल अगाडी रहेको उक्त स्नोकरमा आगामी दिनमा थप सुविधा बढाउँदै लगिने अर्का सचालक कञ्चन बरालले बताए । स्नोकर खेल्नका लागि धुलावारी काँकरभिट्टा जानु पर्ने बाध्यतालाई कम गराएको छ ।