• देबु बानियाँ झापा ।
    जनकपुर उप महानगरपालिकाका मेयर लालकिशोर शाहले जनकपुर जेसीजले वर्ष २०१८ मा गर्न लागेको राष्ट्रिय महाधिवेशनलाई सफल बनाउन जस्तो सुकै सहयोग गर्न तयार रहेको बताएका छन् । जनकपुर जेसीजले आयोजना गरेको जेसीज सप्ताहको समापन समारोहलाई सम्बोधन गर्दै मेहर शाहले जनकपुरको पहिचानको रुपमा हेरिएको जेसीजको महाधिवेशनलाई सफल बनाउनका लागि सिंगो उपमहानगरपालिका तत्पर रहेको बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर शाहले यो महाधिवेशन जनकपुर जेसीजको मात्र नभएर सिंगो जनकपुरबासीको रहेकोले आफ्नो पहिचान राख्न जुनसुकै सहयोग गर्न तयार रहेको बताए । उनले देशभरका शाखाबाट आउने जेसीजमित्रहरुलाई जनकपुरले गरेको महाधिवेशन एतिहासिक बनाउन आफु प्रयत्नशील रहने बताए ।


    जनकपुर जेसीजले आयोजना गरेको यो वर्षको जेसीज सप्ताह विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
    गत असार २ गते पत्रकार र जेसीजकर्मीहरुबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिताबाट उद्घाटन भएको जेसीज सप्ताह नेपाल वार एशोसियशनको सभाहलमा आयोजित भव्य कार्यक्रमकाबीच समापन भएको थियो । जेसीज सप्ताहको उद्घाटन प्रदेशसभा सदस्य रामअषिश यादवले गरेका थिए ।
    जेसीज सप्ताह अन्तरगत असार ३ गते गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण, असार ४ गते अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता, असार ५ गते अन्तर विद्यालय चित्रकला प्रतियोगिता, असार ६ गते रक्तदान, असार ७ गते लक्ष्मण अखडाको पोखरी परिषरमा वृक्षारोपण तथा असार ९ गते पुरस्कार वितरण तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।
    जेसीज सप्ताहका लागि जेसी गौतमकुमार शाह, यातोषकुमार शाह, विक्रमकुमार शाह, राहुल निधी, राजकुमार शाह, अभिमन्युकुमार शाह र निरजकुमार शाहलाई विभिन्न कार्यक्रमको संयोजकका रुपमा जिम्मेवारी प्रदान गरिएको महासचिव तुलसी पञ्जियारले बताए । कार्यक्रमको मुल संयोजकका रुपमा मनोजकुमार शाह रहेका थिए ।
    शाखा अध्यक्ष जितेन्द्र महासेठको अध्यक्ष्यता तथा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर शाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिहरु नेपाल जेसीजका कार्यकारी उपाध्यक्ष विकास मानन्धर, राष्ट्रिय उपाध्यक्ष्य अमिष ढकाल, पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्र, निवर्तमान अध्यक्ष सुदिप कोइराला, पूर्व अध्यक्ष नाशिर अहमद, ंशंकरप्रसाद शाह, विजयकुमार शाह, सिनेटर मनिषरमण शाह, सञ्जयप्रसाद शाह, प्रमोदकुमार शाह, रामकिशोर शाह, लक्ष्मीनारायण शाह, सन्तोषकुमार शाह, शन्तोषकुमार गुप्ता, रविकुमार शाह, श्यामप्रसाद शाह, विद्याधरप्रसाद शाह, रामबाबु गुप्ता, निर्मलकुमार चौधरी, प्रकाशचन्द्र शाहलगायतको उल्लेखिय सहभागिता रहेको थियो ।
    मूल संयोजक मनोजकुमार शाहले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव तुलसी पञ्जियारले गरेका थिए ।
    कार्यकारी उपाध्यक्ष अशोककुमार शाहले धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…