• मोरङ । बर्खायाम शुरु भएसँगै स्थानीय खोलाहरुमा पानीको सतह बढेको छ । खहरे खोलाहरु समेत केही क्षणको बर्षा सँगै उर्लिने गरेका छन । खोला छेउका बजार र बस्तिका बासिन्दाहरु बर्खायाम लागेसँगै निदाउन छाडेका छन ।
    बर्खायाम शुरु हुनेबित्तिकै त्यस भेगका बासिन्दा भगवान जप्न थाल्छन कि त सुरक्षित स्थानमा रहेका आफन्तकोमा शरण लिन पुग्ने गरेका छन । हरेक बर्ष बर्षायाम शुरु भएसँगै उनीहरुको निन्द्रा र भोक दुवै हराउने गरेको छ । हरेक बर्ष स्थानीय खोलाहरुमा आउने बाढीका कारण ठुलो धनजनको क्षति हुने गरेको छ । स्थानीय निकायमा जनप्रतिनिधि आएपछि खोला नियन्त्रणका लागी पहल होला भन्ने सोचेका स्थानीयलाई हात्ति आयो हात्ति आयो फुस्सा भनेजस्तै भएको छ । हामीले यो गर्यौ र त्यो गर्यौ भन्दै भाषण गर्ने र सेल्फी खिच्नमै रमाउने जनप्रतिनिधिहरुले यो एक बर्षको अबधिमा माखो समेत मार्न सकेनन् ।

    झापाका अधिकांश क्षेत्र,मोरङको उर्लाबारी,मधुमल्ला,राजघाट,रंगेली,बिराटनगर,बेलबारी,केराबारी,लेटाङ,सुन्दरहरैचा,सुनसरीको ईटहरी,दुहवी,पानबारी,सप्तरी र सिराहा जिल्लाका बिभिन्न खोलाहरु र सप्तकोशी नदि आसपासलगायतका क्षेत्रमा रहेको बिभिन्न खोलाहरुमा आउने बाढीका कारण ती क्षेत्रका लाखौ बासिन्दा प्रत्यक्ष प्रभावित हुने गरेका छन । त्यस क्षेत्रमा रहेका दर्जनौ खोलाहरुमा आएको बाढीका कारण आसपासका शहर बजार समेत हप्तौ सम्म डुवानमा पर्ने गरेका छन । गत बर्ष त्यस क्षेत्रका खोलाहरुमा आएका बाढीका कारण दर्जनौ मानिसहरुले ज्यान गुमाए भने करोडौको क्षति समेत भयो । बाढीका कारण गछिया,बुढी खोलामा रहेको पुल समेत जोखिममा रहेको छन ।

    गत बर्ष असार १० गते भएको स्थानीय निर्बाचनमा निर्बाचित भएका जनप्रतिनिधिहरुले बाढी प्रभावित क्षेत्रमा पुगेर सान्तवना मात्र दिएनन,एक बर्षभित्रमा सबै खोलाहरु नियन्त्रण गर्ने र जनधनको क्षति रोक्ने बाचा समेत गर्न भ्याए । एक दुई कार्टुन चाउचाउका पोका र थोत्रा कपडा बितरण गरेर फर्किएका जनप्रतिनिधि एक बर्षको बिचमा न त ति बस्तिमा फेरी पुगे न त खोला नियन्त्रणको प्रयास नै गरे । थुप्रै स्थानीय निकायमा आगामी बर्षको लागि निति,कार्यक्रम र बजेट समेत सार्बजनिक गरियो । त्यो बजेटमा कहिँ कतै खोला नियन्त्रणको कार्यक्रमलाई प्राथमिकता दिईएको छैन । सामान्य तारजाली गर्ने बाहेकका कार्यक्रम कुनै नगरपालिका र गाँउपाकिलाले ल्याएको पाईएको छैन ।

    खोला नियन्त्रणको प्रयासका लागी किन पहल गरिएन ? भन्ने प्रश्नमा अधिकांश नगरका प्रमुखहरुले सानो बजेटले खोला नियन्त्रण नहुने र यसका लागी प्रदेश र केन्द्र सरकारले नै पहल गर्ने ओठे जवाफ बाहेक केही निति तथा कार्यक्रम ल्याएको पाईएको छैन । यो बर्ष पनि बर्खायाम शुरु भईसकेको छ । खोला र नदीहरुमा भेल उर्लिन थालिसकेको छ । जति भेल उर्लिन्छ उति नै आसपासका बासिन्दाको मनमा ज्वारभाटा उठिरहेको छ । यदि बेलैमा सचेत नहुने र खुला नियन्त्रणको कुने प्रयास नगरिने हो भने गत बर्ष भन्दा ठुलो क्षति यस बर्ष नहोला भन्न सकिने अबस्था छैन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…