• झापा । दमक जेसीजले झापाको दमक ८ स्थित बलुवाटारमा सुविधा सम्पन्न जेसीज भवन सभाहलको निर्माणगर्न शुरु गरेको छ ।
    करिब ४ करोडको लागतमा २ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरि शुरुभएको सभाहलको निर्माणकार्य यहि असार १ बाट शुरु गरिएको हो । ३ कट्ठा क्षेत्रफल भित्र वाल कम्पाण्ड सहितको सभाहलको अहिले धमाधम निर्माण भइरहेको छ । एउटा कार्यालय कोठा सहित दुई वटा सभाहल रहने गरि भवनको निर्माण शुरु गरिएको हो ।
    भवनमा एउटा ठुलो सभाहल र अर्को सानो हल निर्माण गरिने भएको छ । केन्द्र, प्रदेश, स्थानिय सरकार साथै दमक जेसिजको स्थपना कालदेखि हाल सम्मका पदाधिकारी, सदस्यहरुकासाथै बिभिन्न संघ संस्था र व्यक्तीगत सहयोगमा सभाहलको निर्माण भइरहेको दमक जेसिजका अध्यक्ष चन्द्र खत्रीले जानकारी दिनु भयो ।

    दमकमा हाल सम्म व्यावसायी तथा अन्य उदेश्यले सभाहलहरुको निर्माण गरिएकोभएपनि तालिम तथा गोष्ठिकालागि मात्र भनेर सोहि अनुरुपमा हलहरु निर्माण नभएकाले दमक जेसिजले बिशेष गरेर तालिम तथा गोष्ठि गर्न सजिलो हुनेगरि हलको निर्माण गर्न लागिएको दमक जेसीजका निवर्तमान अध्यक्ष गोविन्द कट्टेलले बताउनु भयो ।
    निर्माणाधिन जेसीज भवन निर्माणका लागि स्थानीय ४ जना केदार खत्री, बुद्धमाया लावती, सुकपाल नेम्वाङ र पृथ्बिप्रसाद लावतीले लाखौ मुल्य बराबरको ४ कठठा जग्गा निशुल्क उपलब्ध गराएको अध्यक्ष चन्द्र खत्रिले बताउनु भयो । नितान्त समाजिक उदेश्यले भवनको निर्माणशुरु गरिएकाले यसलाई सम्पन्नगर्न अध्यक्ष खत्रिले पक्षलाई सहयोग गरिदिन आग्रह समेत गर्नुभएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…