• काठमाडौं, १२ असार । विश्वकप २०१८ अन्तर्गत मंगलबार हुने समुह ‘सी’ को अन्तिम खेलमा डेनमार्क र फ्रान्स भिड्दैछन् । नेपाली समय अनुसार साँझ ७ः४५ मा हुने यस खेलमा डेनमार्कको लक्ष्य नकआउट चरणमा प्रवेश गर्ने हुन्छ भने फ्रान्सको लक्ष्य अपराजितक यात्राको निरन्तरता हुनेछ ।

    हालसम्म २ खेलमा ४ अंक जोडेको डेनमार्कले आज फ्रान्ससँग बराबरी मात्र गरेपनि नकआउट चरण पक्का हुनेछ भने जित हात पार्न सकेमा समुह विजेता भइ अर्को समुहको उपविजेता सँग खेल्ने अवसर पनि पाउनेछ । तर आजको खेलमा ठुलो गोल अन्तरले हारेमा र अर्को खेलमा अष्ट्रेलिया विजयी भएमा डेनमार्क समुह चरणबाटै आउट हुनेछ ।

    डेनमार्कका खेलाडि युसुफ पउल्सन दुई ओटा पहेंलो कार्ड खाएकाले पनि आजको खेलमा खेल्नेछैनन् । त्यस्तै पियोन सिस्तोले पनि सोचेअनुरुप प्रदर्शन गर्न नसकेकोले आज डेनमार्कका प्रशिक्षकले खेलाडहरुमा केहि परिवर्तन गर्दैछन् । बलियो प्रतिद्वन्दी भएकाले पनि डेनमार्कलाई आज गल्ती गर्ने सुविधा छैन ।

    अर्को तर्फ विश्वकप जित्ने लक्ष्य सहित रसिया आएको फ्रान्सले पहिलो २ खेल जितेर नकआउट चरण पक्का गरिसकेको छ । आजको खेल जित्दै जितको लय कायम गर्ने मात्र नभइ समुह विजेता भइ अर्को चरणमा जाने भएकोले पनि फ्रान्सको उद्देश्य जित नै हुनेछ । तथापी समुह विजेताको लागि बराबरी मात्र पनि काफी छ ।

    प्रशिक्षक डिडियर डेशच्याम्पका अनुसार समुह विजेता बन्ने नै फ्रान्सको उद्देश्य हो । तथापी कुनै दबाब बिना खेल्ने फ्रान्सले आजको खेलमा केहि प्रमुख खेलडिलाई आराम गर्ने मौका दिइ नयाँ खेलाडिलाई मौका दिने सम्भावना रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…