• काठमाडौं, १२ असार । विश्वकप २०१८ अन्तर्गत मंगलबार हुने समुह ‘सी’ को अन्तिम खेलमा अष्ट्रेलिया र पेरु खेल्दैछन् । नेपाली समय अनुसार साँझ ७ः४५ मा हुने यस खेलमा अष्ट्रेलियाले नकआउट चरणमा प्रवेशको सम्भावनाको लागि भिड्दैछ भने विश्वकपबाट बाहिरिइ सकेको पेरुले सान्त्वना जितको लागि खेल्दैछ ।

    अष्ट्रेलियाको हालसम्म २ खेलमा १ अंक मात्र भएको छ भने अर्को प्रत्यासी डेनमार्कको ४ अंक रहेको छ । यस्तोमा आज अष्ट्रेलियाले पेरुलाई राम्रो गोल अन्तरले हराउन सकेमा र अर्को खेलमा डेनमार्क पराजित भएमा अष्ट्रेलियाको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायम रहन्छ ।

    पहिलो खेलमा फ्रान्ससँग २–१ गोल अन्तरले पराजित भइ दोश्रोमा डेनमार्कसँग बराबरी गरेको अष्ट्रे्लियाले यो विश्वकपमा हालसम्म बलियो उपस्थीती देखाइसकेको छ । डेनमार्कको खेलको नतिजा कुर्नु भन्दा पनि आफ्नो नतिजालाई उत्कृष्ट बनाउनु अष्ट्रेलियाको लागि अपरिहार्य छ ।

    अर्कोतर्फ ३६ वर्षपछि विश्वकप खेलिरहेको पेरुले ठुलो अपेक्षा सहित विश्वकपमा आएको भएपनि पहिलो दुई खेलमा पराजित भइ निराश रहेको छ । तथापी डेनमार्क र फ्रान्ससँग १–० गोल अन्तरले मात्र पराजित भएकोले दक्षिण अमेरिकी राष्ट्र पेरुले आफ्नो बलियो फुटबल संस्कारको परिचय विश्व सामु दिएको छ ।

    यस्तोमा यो विश्वकपमा गोल र अंक तालिकामा परेको खडेरी हटाउने सुनौलो अवसर आज पेरुसँग छ । रसियामा सबैभन्दा भद्र देखिएका पेरुका फ्यानलाई आज चिच्चाउने र हल्ला गर्ने बनाउनको लागि पनि गोलको वर्षा गराउन जरुरी छ ।

    आत्मसम्मानको लागि खेलेको पेरु र नकआउट चरण पुग्ने सपना बोकेको अष्ट्रेलियाको यो खेल प्रतिस्पर्धात्मक हुने विश्वास गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…