• काठमाडौं । पूर्व युवराज पारस शाह अचानक अध्यात्म साधनातर्फ मोडिएका छन्। शासन र स्वास्थ्यको कठिन उतारचढावपछि पारसले लामो समय एकान्तमा बिताएका थिए।

    शक्तिपीठहरुमा पूजाअर्चना गरेर आफ्नो धार्मिक लगाव बढ्दै गएको सन्देश दिएका पारस पछिल्ला दिनहरुमा ध्यानसाधनाका बारेमा परामर्श गरिरहेका जानकारहरुले बताएका छन्। उनी कठोर साधनापछि शान्त जीवनयापन गर्ने मनस्थितिमा रहेको बताईएको छ।

      शाह वंशका पूज्य गुरु गोरखनाथको दर्शन गर्न गोरखा पुगेका पारसले त्यहाँ पूजाअर्चना गरेका थिए। साथै उनले दरबार संग्रहालयमा राखिएका ऐतिहासिक सामग्री र तस्बिरहरुको समेत रुचिपूर्वक जानकारी लिएका थिए।

      शक्तिपीठहरुका महन्थ र स्वामीहरुले नेपालबाट राजसंस्था विदा हुनमा गुरु गोरखनाथको श्राप परेको तर्क दिएपछि पूर्व राजपरिवार नराम्ररी झस्किएको बताईन्छ। यही कारण पूर्व राजपरिवारका सदस्यहरु क्षमापूजा गर्दै गोरखनाथबाट आशिर्वाद पाउन सबै किसिमका विधिबाट पूजाअर्चना गरिरहेको बताईन्छ। यही कारण पूर्व युवराज पारसले गोरखादरबार पुगेर गुरु गोरखनाथको मन्दिरमा पूजा अर्चना गरेका जानकार सूत्रहरु दावी गर्छन्।

    गुरु गोरखनाथको आशिर्वाद पाएर राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपालको एकीकरणमा सफलता प्राप्त गरेको इतिहासमा उल्लेख छ।

    पारस गोरखनाथको शिष्य वन्नका लागि गुरुदीक्षा दिने योगीको समेत अहिले खोजी भइरहेको बुझिएको छ । गुरुदीक्षाका लागि गोरखपुरस्थित गोरखनाथपीठका पीठाधीश आदित्यनाथसँग समेत पूर्वराजपरिवारको सम्वाद भएको थाहा भएको छ । उत्तरप्रदेश मुख्यमन्त्री रहेका योगी आदित्यनाथले केही समयअघि नेपाल आएर दाङमा यस सम्वन्धी पूजाआजा गराएका थिए भने पूर्वराजा ज्ञानेन्द्र केही महिनाअघि उनलाई भेट्ने लखनउ तथा गोरखनाथ पुगेका थिए ।

    पारस शाहसँगै करीव २ सय युवा समेत गुरु गोरखनाथको चेला बन्न तयार भएका बताईएको छ । यसका लागि पारश शाहका निकटस्थ मित्र प्रभन्जन बहादुर सिंह उर्फ ‘व्यग्रनाथ’ले आवश्यक सहयोग गरिरहेका छन् । ‘व्यग्रनाथ’ पूर्वआईजीपी हेमबहादुर सिंहका पुत्र हुन् । केही समयअघि विलासी जीवन त्याग्दै सन्यास रुप धारणा गरी व्यग्रनाथ भएका प्रभन्जन अहिले मृगस्थलीस्थित योगी नरहरिनाथ आश्रममा बस्ने गर्छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…